शाहिद कपुर केहि समयको विश्रामपछि बलिउड फर्किए । उनी फिल्म पद्यावतमा राजा रतनसिंहको भूमिकामा थिए । यसअघि उनी गृहस्थी सम्हाल्दै थिए । "/>

पूर्व गर्लफ्रेन्डसँग शाहिदले कसरी रोमान्स गर्ला ?

पूर्व गर्लफ्रेन्डसँग शाहिदले कसरी रोमान्स गर्ला ?

केन्द्रबिन्दु
0
Shares

शाहिद कपुर केहि समयको विश्रामपछि बलिउड फर्किए । उनी फिल्म पद्यावतमा राजा रतनसिंहको भूमिकामा थिए । यसअघि उनी गृहस्थी सम्हाल्दै थिए । शाहिदले बिहे गरे, बच्चा जन्मियो । बच्चाको स्यहार सुसारमा लागे ।

उता उनकी पूर्व गर्लफ्रेन्ड करिना कपुर पनि अहिले बच्चा हुर्काउँदैछिन् । सैफ अली खानसँग बिहे गरेकी उनी फिल्ममा फर्किएकी छैनन्, छोरा तैमूरकै स्यहार–सुसारमा खटिएकी छिन् ।

अब भने, यी पूर्व प्रेमी–प्रेमिका फेरी रोमान्स गर्दैछन् । उनीहरुले निर्देशक इम्तियाज अलीको फिल्ममा रोमान्स गर्ने भएका हुन् । लभस्टोरी फिल्मका लागि कहलिएका इम्तियाजले रकस्टार, ककटेल, तमसा, जब ह्यारी मेट सेजल, लभ आजकाल जस्ता फिल्म बनाइसकेका छन् ।

पछिल्लो फिल्म जब ह्यारी मेट सेजलले भने हावा खायो । करियरको पूर्वाद्धमा शाहिद र करिनालाई लिएर इम्तियाज अलीले ‘जब वी मेट’ बनाएका थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भयो ।

अहिले इम्तियाज नयाँ प्रोजेक्टको तयारीमा छन् । उनी फिल्म तयारीको अन्तिम चरणमा रहेको बुझिन्छ । यो फिल्म रोमान्टिक कमेडी फिल्म हुनेछ ।

यद्यपी यसको अफिसियल घोषणा भने भएको छैन । बाहिरी चर्चा चाहि के छ भने, यो फिल्ममा शाहिद र करिनाले रोमान्स गर्नेछन् ।

Logo