रानी मुखर्जीले बिवाह गरेको चार बर्ष पुग्दैछ । उनले फिल्ममेकर्स आदित्य चोपडासँग बिवाह गरेकी हुन् ।   आदित्य फिल्म निर्माता तथा निर्देशक यश चोपडाका छोरा हुन् । "/>

रानी मुखर्जीले यसरी गाली गर्छिन् आफ्ना पतीलाई

रानी मुखर्जीले यसरी गाली गर्छिन् आफ्ना पतीलाई

केन्द्रबिन्दु
0
Shares

रानी मुखर्जीले बिवाह गरेको चार बर्ष पुग्दैछ । उनले फिल्ममेकर्स आदित्य चोपडासँग बिवाह गरेकी हुन् ।  आदित्य फिल्म निर्माता तथा निर्देशक यश चोपडाका छोरा हुन् । यशराज फिल्म्सको हर्ताकर्ता पनि उनै हुन् ।

रानी र आदित्यको बिहे गुपचुप भएको थियो । बलिउडको लभ स्टोरीदेखि बिहेसम्मको कुराले निकै हलचल मच्याउँछ । तर, आदित्य र रानीबीचको प्रेम एवं बिवाहको धेरैले सुँइको पाएनन् । 

यसैबीच नेहा थूपियासँग टक शो बीएफएफ विद भोगमा रानीले आफ्नो पतिसँगको सम्बन्धबारे केहि रहस्य खोलेकी छिन् ।

रानीका अनुसार उनको आदित्यसँग पहिलो भेट फिल्म ‘मुझसे दोस्ती करोगे’को सेटमा भएको थियो । त्यसबेला आदित्यले रानीलाई भनेका थिए, ‘मलाई थाहा छ कि तिम्रो फिल्म अहिले त्यती राम्रो भइरहेको छैन । तर मलाई तिम्रो खुबीबारे थाहा छ ।’

रानीलाई र उनकी आमालाई आदित्यको यो कुरा एकदम चित्त बुझ्यो । आदित्यले स्पष्टसँग राम्रो र नराम्रो दुबै कुरा भनेकाले उनी आदित्यप्रति प्रभावित भइन् । ‘हामीलाई यस्तै स्पष्ट एवं खुलेर बोल्ने व्यक्ति मन पथ्र्यो’ रानीले भनेकी छिन् ।

रानीलाई नेहाले सोधिन्, ‘रिस उठेको बेला आदित्यलाई कसरी गाली गर्नुहुन्छ ?’

रानी एकछिन हासिन् । र थपिन्, ‘म हरेक दिन पतिसँग रिसाइरहेकी हुन्छु । दिनै गाली गरिरहेकी हुन्छु ।’ आदित्य आफुलाई औधी माया गर्ने उनको भनाई छ । ऊ धेरै केयरिङ र स्विट छ । त्यही कारण उसलाई गाली गर्ने बताएकी छिन् । रानी भन्छिन्, ‘गाली उसैलाई गर्न सकिन्छ, जसले आफुलाई अथाह माया गर्छ ।’

Logo