ललितपुर ।

शुक्रबार कृपा फाउण्डेशनको पहिलो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । "/>

कृपाको प्रथम वार्षिकोत्सवमा स्रष्टा–सम्मान, आरोहीलाई प्रोत्साहन

कृपाको प्रथम वार्षिकोत्सवमा स्रष्टा–सम्मान, आरोहीलाई प्रोत्साहन

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

शुक्रबार कृपा फाउण्डेशनको पहिलो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाली साँगितिक क्षेत्रमा छोटो समयमै ठूलो फड्को मार्न सफल फाउण्डेशनले गरेको शुक्रबार साँझ नेपाली सांगितिक क्षेत्रका व्यक्तिहरुको निम्ति विशेष रह्यो ।

प्रथम वार्षिकोत्सवको मुख्य आकर्षणका रुपमा नेपाली सांगितिक क्षेत्रमा उल्लेखनीय योगदान पु-याएका तीन अग्रज स्रष्टाहरुलाई सम्मान गरियो । यसैबीच, सगरमाथा आरोहण गर्ने तयारीमा जुटिरहेको “प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८” लाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि, वरिष्ठ गायक प्रेम ध्वज प्रधानले पानसमा दिप प्रज्ज्वलन गरी औपचारिक रुपमा उक्त समारोहको समुद्घाटन गर्नुभएको थियो । अमेरिकामा मृगौलाको उपचार गराइरहेका वरिष्ठ गायक ओम विक्रम विष्टलाई कृपा रत्न सम्मान अवार्डबाट सम्मान गरी नगद रु ५१ हजार प्रदान गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथ्यता ग्रहण गर्नुभएका वरिष्ठ कवि तथा गीतकार रत्न शम्शेर थापा र वरिष्ठ गायक योगेश्वर वैद्यलाई विशेष सम्मान गरिएको थियो । उता प्रोत्साहन स्वरुप भने “प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८” लाई नगद रु ५ लाख हस्तान्तरण गरिएको थियो ।

कृपा फाउन्डेशनका अध्यक्ष शिव लामिछानेको ‘जय नेपाल’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो । साथै अध्यक्ष तथा सांगितिक क्षेत्रमा शिवाजका नाममा परिचित गायक तथा कृपा अन्प्लग्डका कलाकारहरुले सांगितिक प्रस्तुती दिएका थिए ।

Logo