काठमाडौं
फिल्म लिलिबिलीको शिर्ष गीत रिलिज भएको छ । घुम्न जाउँ इन्जिन गाडीमा बोलको गीत भिडियो सहित रिलिज भएको हो । एस डी योगीको स्वर तथा संगीत रहेको गीतमा एकतारेले शब्द दिएका छन् । "/>

फिल्म लिलिबिली को शीर्ष गीतको भिडियो सार्वजनिक ( गितको भिडियो सहित)

फिल्म लिलिबिली को शीर्ष गीतको भिडियो सार्वजनिक ( गितको भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
फिल्म लिलिबिलीको शिर्ष गीत रिलिज भएको छ । घुम्न जाउँ इन्जिन गाडीमा बोलको गीत भिडियो सहित रिलिज भएको हो । एस डी योगीको स्वर तथा संगीत रहेको गीतमा एकतारेले शब्द दिएका छन् । मुख्य २ कलाकार प्रदीप खड्का र जसिता गुरुङ फिचर्ड गीतको सम्पूर्ण छायांकन स्कटल्याण्डमा गरिएको हो । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

गीत रिलिजसँगै कभर भिडियो प्रतियोगिता समेत आह्वान गरिएको छ। ‘घुम्न जाउँ है इन्जिन गाडीमा’ बोलको शिर्ष गीतमा कभर भिडियो बनाएर आफ्नै, जुनसुकै युट्युब च्यानलमा अपलोड गरिसकेपछि ‘लिलिबिली’को अफिसियल पेजमा सेन्ड गर्नु पर्नेछ । हिट्सको आधारमा विजेता घोषणा हुनेछन् र पुरस्कार राशी १ लाख रहेको छ । मिलन चाम्स निर्देशित फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स आदिको अभिनय रहेको छ । फिल्म चैत ३० गते सार्वजनिक हुँदैछ ।

भिडियो:

 

Logo