बलिउडमा ब्वाइफ्रेन्ड लफडा, कसले कसलाई के भने ?

बलिउडमा ब्वाइफ्रेन्ड लफडा, कसले कसलाई के भने ?

केन्द्रबिन्दु
0
Shares

कुनै बेला दीपिका पादुकोण रणवीर कपुरलाई अत्याधिक प्रेम गर्थिन् । सुनिन्थ्यो, उनले आफ्नो नाडीमा रणवीरको ट्याटु नै खोपाएकी छिन् । पछि उनीहरुको ब्रेकअप भयो ।

दीपिकासँग ब्रेक भएको केहि समयपछि रणवीर क्याटरिना कैफको नजिक पुगे । क्याटरिना सलमान खानलाई छाडेर रणवीरको आलिंगनमा बाँधिन पुगेकी थिइन् । त्यही रणवीरको निहुँमा क्याटरिना र दीपिकाको सम्बन्ध टुट्यो । उनीहरुले एकअर्कालाई गाली समेत गरे । अहिलेसम्म दीपिकालाई क्याटरिनाप्रतिको रिस शान्त भएको छैन । उनले आफ्नो बिहेमा क्याटरिनालाई निम्तो नगर्ने बताएकी छिन् ।

दीपिका अब अर्को रणवीर अर्थात रणवीर सिंहसँग बिहे गर्दैछिन् । दीपिका र क्याटरिनाको जस्तै लफडा भयो आलिया भट्ट र ज्याकलिन फर्नाडिजको बिचमा ।
जब सिद्धार्थ र आलिय भट्टको बीचमा ज्याकलिन फर्नाडिजले ‘इन्ट्रि’ गरिन्, उनीहरुको प्रेममा फाटो आयो । अर्थात सिद्धार्थ र आलिया अलग्गिए । त्यसपछि नै हो, सिद्धार्थसँग ज्याकलिन जोडिएका ।

ज्याकलिनकै कारण सिद्धार्थ र आलियाको ब्रेकअप भएको हल्ला चल्यो । त्यसपछि ज्याकलिनले आलियालाई शोसल मिडियामा अनफलो गरिदिइन् ।

तर, यो प्रसंगमा ज्याकलिनको फरक मत रह्यो । हालै उनले खुलाएकी छिन्, ‘मिडियाले यस्तो देखाउँछ कि, हामी अभिनेत्रीहरु आपसमा झगडा गरिरहेका छौं । तर, यस्तो केहि होइन ।’ फिल्म ’ फिल्म ‘जुडवा–२’को बेला पनि तपसी र आफ्नोबीच यस्तै अफवाह चलेको उनको भनाई छ । उनले स्पष्ट पारेकी छिन्, ‘आलिया र मेरोबीचमा त्यस्तो केहि भएकै होइन ।’

Logo