सलमान खानलाई बलिउडका सबैभन्दा बिवादित अभिनेता भन्दा गल्ती नहोला । उनी अझैपनि मुद्दा खेपिरहेका छन् । उनीमाथि विभिन्न किसिमको मुद्दा अदालतमा दर्ता गरिएको छ । "/>

सलमान–ऐश्वर्यको ब्रेकअप सुनेर तपाईको आँखा रसाउन सक्छ

सलमान–ऐश्वर्यको ब्रेकअप सुनेर तपाईको आँखा रसाउन सक्छ

केन्द्रबिन्दु
0
Shares

सलमान खानलाई बलिउडका सबैभन्दा बिवादित अभिनेता भन्दा गल्ती नहोला । उनी अझैपनि मुद्दा खेपिरहेका छन् । उनीमाथि विभिन्न किसिमको मुद्दा अदालतमा दर्ता गरिएको छ । हिट एन्ड रन केसदेखि हरिणको सिकारसम्म ।

त्यसो त उनको लभ लाइफ पनि विवादै विवादको घेरामा छ । केहि अभिनेत्रीसँग उनको नाम जोडियो । ति सबैसँग उनको ब्रेकअप पनि भयो । जहाँसम्म सलमानको ब्रेकअपको कुरा चल्छ, ऐश्वर्य रायसँगको ब्रेकअप धेरैले सम्झने गर्छन् । हुनपनि यो ब्रेकअपले बलिउडलाई हल्लाएको थियो ।

सलमान खान र ऐश्वर्य रायको प्रेम कथा पुरे बलिउडमा लोकप्रिय थियो । यसभन्दा बढी चर्चा उनीहरुको ब्रेकअपको भयो । जब ऐश्वर्य रायले सलानसँग ब्रेकअप भएको बताइन्, सबै आश्चर्यमा परे ।

पछि उनले ब्रेकअपको कारण खुलाइन् । सलमानले आफ्नो चरित्रमाथि जहिले पनि शंका गर्ने गरेको ऐश्वर्यको भनाई थियो । त्यती मात्र होइन सलमान खानले मदिराको सुरमा आफुमाथि कुटपिट समेत गर्ने गरेको उनको भनाई छ ।

त्यस रात पनि सलमान मदिराले लट्ठ भएर ऐश्वर्यको घरमा आए । चिच्याउँदै ढोकामा हिर्काउन थाले । ऐश्वर्य चुपचाप बसिन् । तब सलमानले त्यसबेलासम्म ढोकामा हिर्कारहे, जतिबेलासम्म उनको हातबाट रगत बगेन । त्यसपछि सलमान झनै उग्र भए । अन्ततः ऐश्वर्यले सलमान विरुद्ध उजुरी नै गर्नुप-यो ।

ऐश्वर्यका अनुसार उनले सलमानलाई खुसी राख्न धेरै प्रयास गरेकी थिइन् । तर सलमान खान एकदमै रिसाह थिए । सलमानले धेरै सताएपछि ऐश्वर्य उनलाई छाड्न बाध्य भइन् ।

Logo