१४ फेब्रुअरी । भ्यालेनटाइन डे । प्रेम गर्नेहरुको दिवस । यसै दिन जन्मिएकी एक बलिउड अभिनेत्री, जो जीवनभर प्रेममा तड्पिए । "/>

भ्यालेनटाइनमा भएको थियो यी अभिनेत्रीको जन्म, तर जीवनभर प्रेममा तड्पिइन्

भ्यालेनटाइनमा भएको थियो यी अभिनेत्रीको जन्म, तर जीवनभर प्रेममा तड्पिइन्

केन्द्रबिन्दु
0
Shares

१४ फेब्रुअरी । भ्यालेनटाइन डे । प्रेम गर्नेहरुको दिवस । यसै दिन जन्मिएकी एक बलिउड अभिनेत्री, जो जीवनभर प्रेममा तड्पिए । ति अभिनेत्री हुन्, मधुबाला । १९३३ फेब्रुअरी १४ मा बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्रीको रुपमा लिइने मधुबालको जन्म भएको थियो ।

मधुबालाकी कान्छी बहिनीले एक अन्र्तवार्तामा खुलासा गरेकी छिन्, मधुबाला सच्चा प्रेममा सधै तड्पिइरहिन् । उनले जीवनभर साँचो प्रेम पाइनन् । दिलीप कुमार मात्र होइन, किशोर कुमारले समेत मधुबालालाई धोका दिए ।

दिलीप कुमारसँग मधुबालाको सम्बन्ध बिआर चोपडाको फिल्म ‘नया दौर’को कारण टुटेको थियो । यस फिल्मको केहि स्सिा छायांकन गरिसकेपछि निर्देशकले मधुबालालाई बाँकी छायांकनका लागि ग्वलियर पठाउन चाहेका थिए ।

डकैती हुने क्षेत्र भएकाले मधुबालाको पिताले छोरीलाई त्यहाँ नपठाउन आग्रह गरे । उनले फिल्म मेकर्सलाई लोकसेन परिवर्तन गर्न भने । तर फिल्म मेकर्सले मानेनन् । तब मधुबालाका बुवाले फिल्म छाड्न भनिन् ।

त्यसबेला मधुबालाको इंगेजमेन्ट दिलीप कुमारसँग भइसकेको थियो । यहि बिषयमा कुरा गर्न निर्देशक चोपडाले मधुबालाकहाँ दिलीप कुमारलाई पठाइदिए । दिलीपले मधुबालालाई खुब सम्झाए । तर मधुबाला आफ्ना पिताको विरुद्धमा जान सकिनन् । त्यसपछि निर्देशक चोपडाले मधुबालाको बिरुद्धमा उजुरी दर्ता गराए, जो लगभग एक बर्ष चल्यो । यसैबीच मधुबाला र दिलीप कुमारको सम्बन्धमा पनि फाटो आयो ।

दिलीपले पनि फिल्म छाडे र बिहेको प्रस्ताव राखे । तर मधुबालाले भनिन्, म त्यसबेला मात्र विवाह गर्नेछु, जब तपाईले मेरो पितालाई माफी माग्नुहुनेछ । दिलीपले अस्विकार गरेपछि उनीहरुको सम्बन्ध टुट्यो । तर मधुबालाले अन्तिम अवस्थासम्म दिलीपलाई माया गरिरहिन् ।

पछि मधुबाला बिमारी भइन् र उपचारका लागि लन्डन गइन् । त्यस क्रममा किशोर कुमारले उनीसँग प्रस्ताव राखे । पिता चाहन्थे कि मधुबाला पूर्ण रुपमा निको भएर बिबाह गरोस् । तर दिलीप कुमारको व्यवहारले चिढिएकी मधुबालाले तुरुन्तै किशोर कुमारसँग बिवाह गरिन् । त्यसबेला उनको उमेर २७ बर्षको थियो ।

तर चिकित्सकले भने कि, मधुबाला अब धेरै समय बाँच्दैनन् । तब किशोर कुमारले मधुबालालाई छाडिदिए । एक बंगाला खरिद गरे त्यहाँ नर्स र चालक उपलब्ध गराएर मधुबालालाई अलग गराए । उनले मधुबालाको फोन पनि उठाउन बन्द गरे । पहिला त किशोर कुमारले मधुबालालाई एकदमै प्रेम गर्थे । तर उनी बिमारले थला पर्ने भएपछि किशोर कुमारले धोका दिए ।

कुनैबेला मधुबाला हट अभिनेत्रीको रुपमा चिनिन्थे । बलिउड उनकै वरीपरी झुम्मिएको थियो । तर बिमारी भएर थलिएपछि उनलाई भेट्न कोहि आएनन् । पछि ३६ बर्षको उमेरमा उनको मृत्यु भयो ।

Logo