सलमान खान नेपाल आउँदैछन् । नेपालमा सलमानलाई ल्याउनका लागि करोडौं खर्च गरिएको छ । करिब तीन घण्टाको कार्यक्रमको मूख्य आकर्षण हुनेछन् सलमान । "/>

सलमान खानको एक दिनको आम्दानी सुनेर तपाईको होस् उड्न सक्छ

सलमान खानको एक दिनको आम्दानी सुनेर तपाईको होस् उड्न सक्छ

केन्द्रबिन्दु
0
Shares

सलमान खान नेपाल आउँदैछन् । नेपालमा सलमानलाई ल्याउनका लागि करोडौं खर्च गरिएको छ । करिब तीन घण्टाको कार्यक्रमको मूख्य आकर्षण हुनेछन् सलमान । सलमानलाई तीन घण्टाका लागि कति पारिश्रमिक दिइएको छ भनेर त खुलाइएको छैन । तर उनको पारिश्रमिक करोडौं छ ।

फोब्र्सको सूचीमा सलमान विश्वकै धेरै कमाइ गर्ने सय सेलिब्रेटीभित्र पर्छन् । बलिउडमा उनी यसपाली पहिलो नम्बरमा छन् । सलमान फिल्म, विज्ञापन, स्टेज कार्यक्रमबाट पैसा कमाउँछन् । उनका केहि व्यवसायिक कम्पनी पनि छ ।

सलमानले कमाएको पैसामध्ये केहि अंश समाजसेवामा पनि खर्च गरिन्छ । बिइङ ह्युमन ब्रान्डमा सलमानले लताकपडादेखि साइकलसम्म बिक्री गर्छन् । त्यसबापत आउने रुपैयाँ बालबालिकाको स्वास्थ्य र शिक्षामा खर्च गरिन्छ । उनको द सलमान खान फाउन्डेसन छ, जो मनधाना इन्डस्ट्रीज लिमिटेडसँग बीइङ ह्युमन ब्रान्डको लुगाको व्यवसाय गर्छ ।

सलमानले एक दिनमा कति कमाउँछ होला त ? यसको जबाफ हो लगभग भारु ६६ लाख कमाउँछन् । एक महिनामा भारु १९ दशमलव ८३ करोड रुपैयाँ कमाउँछन् । अघिल्लो बर्ष अर्थात २०१६ देखि २०१७ को बीचमा उनले कमाएको कुल पैसाको आधारमा उक्त हिसाब निस्किएको हो ।

उनले यस अवधीमा अर्थात एक बर्षमा करिब ३७ मिलियन डलर कमाएका थिए । कमाईको सूची सार्वजनिक गर्ने सबैभन्दा विश्वसनिय पत्रिका ‘फोब्र्स’ले यो तथ्य जारी गरेको हो ।

Logo