काठमाडौं ।

सञ्जय लिला भन्सालीद्वारा निर्देशन गरिएको फिल्म पद्मावतले अहिलेसम्म २ सय ४५ करोड २२ लाख कलेक्सन गरेको छ । "/>

बक्स अफिसमा एक नम्बरमा पद्मावत, १९ दिनमा २ सय ४५ करोड बढी कमायो

बक्स अफिसमा एक नम्बरमा पद्मावत, १९ दिनमा २ सय ४५ करोड बढी कमायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सञ्जय लिला भन्सालीद्वारा निर्देशन गरिएको फिल्म पद्मावतले अहिलेसम्म २ सय ४५ करोड २२ लाख कलेक्सन गरेको छ । ठुलो विवादका बीच १९ दिन अगाडिबाट प्रर्दशनमा आएको यस फिल्मले अहिलेसम्म २ सय ४५ करोड कलेक्सन गरेको हो ।

बलिउड फिल्म उद्योगमा धेरै समयपछि एउटा फिल्मले संकलन गरेको रकममा पद्मावतले संकलन गरेको रेकर्ड रहेको छ ।दिपिका पादुकोण, रनवीर सिंह र सहिद कपुरको मुख्य भूमिका रहेको यस फिल्ममा ऐतिहासिक विषयलाई उठान गरिएको छ । भारतको राजस्थान र मध्य प्रदेश सरकारले फिल्म रिलिजमा रोक लगाएको थियो ।

फिल्म रिलिज सफल भएपछि अभिनेत्री पादुकोणले भनेकी छन्, ‘फिल्मले सोचेको भन्दा राम्रो प्रतिकृया पाएको छ अबको समय भनेको खुसी मनाउने क्षण हो ।’ पत्रकारहरुले ‘भ्यालेन्टाइन डे’ कसरी मनाउनु हुन्छ भन्ने प्रश्नमा दिपिकाले अब गर्ने फिल्मको तयारीमा लाग्ने बताइन । एजेन्सी

Logo