पछिल्लो समयकी चर्चित नायिका वर्षा सिवाकोटी सबैको नजरमा सफल नायिका हुन् । नेपाली चलचित्रमा  उत्कृष्ट फिल्म दिन सफल भएकी वर्षाले ‘पशुपतिप्रसाद’, ‘नाई नभन्नु ल २’ जस्ता फिल्म दिएकी छिन् । "/>

अनमोल केसीसँग काम गर्न मन छ: वर्षा (भिडियो सहित)

अनमोल केसीसँग काम गर्न मन छ: वर्षा (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समयकी चर्चित नायिका वर्षा सिवाकोटी सबैको नजरमा सफल नायिका हुन् । नेपाली चलचित्रमा  उत्कृष्ट फिल्म दिन सफल भएकी वर्षाले ‘पशुपतिप्रसाद’, ‘नाई नभन्नु ल २’ जस्ता फिल्म दिएकी छिन् । उनै वर्षा शिवाकोटीसँग केन्द्रबिन्दुका लागि विशेष संवाददाताले गरेको ५ प्रश्न –

१. वर्षा सिवाकोटीको बुझाईमा लभ भनेको के हो ?

– हाहाहा… मेरो बुझाईमा लभ भनेको सकारात्मक सोच हो । यसलाई सही रुपमा बुझेर अगाडि बड्यो भने राम्रो हुन्छ । यदि दुई जनाबीच ‘सिरियस्ली’ र बुझाई कम भयो भने दुर्घटना पनि हुन सक्छ ।

२. तपाईलाई माया गर्छु भन्ने पनि धेरै नै होलान् नि हैन् ?

– छन् । सुरुको समयमा लभ प्रप्रोज गर्दा धेरै कुरा सोच्ने गरिन्थो तर आजभोलि फ्यानका रुपमा भन्नु भएको होला भन्ने लाग्छ । त्यसैले त्यति गाह्रो हुँदैन ।

३. तपाईलाई लभ प्रप्रोज आयो कि आएन ?

– पाँच कक्षामा पढ्दा एक जनाले मलाई मन पराउहुन्थो । त्यो सानो उमेरमा भएको हुनाले त्यति महत्त्व पनि भएन । यो नै मेरो जिन्दगीको पहिलो लभ हो जस्तो लाग्छ । यसै समयमा साथीहरुबीच कस्ले मन पराएको छ भन्ने बारेमा पनि चर्चा हुने गर्दथ्यो । तर, अहिले भने लभ छैन ।

४. फिल्म क्षेत्रमा आउनु भएपछि तपाईको नाम धेरैसँग जोडियो, खासमा के हो ?

– नेपालको फिल्म क्षेत्रमा नायक नायिकाको नाम एकआपसमा जोडिनु प्रचलन जस्तै भैसकेको छ । जो फिल्म रिलिज हुनुभन्दा अगाडिसम्म हुन्छ । त्यसपछि बिस्तारै हराउँदै जान्छ । मेरो विषयमा पनि यस्तै भएको हो ।

५. तपाईले एउटा अन्तर्वार्तामा अनमोल केसीसँग काम गर्न मन लागेको छ भन्नु भएकाे रहेछ, यसकाे बरेमा के भन्नु हुन्छ ?

– अवेस्ली ! नेपालको एक स्टारसँग काम गर्न मन त कस्लार्इ लाग्दैन हाेला र । उहाँसँगै काम गर्न मलाई पनि मन लागेको छ ।

भिडियो:

Logo