बलिउड अभिनेत्री सोनम कपुर फेसनेवल छिन् । हुन त उनी फेसन डिजाइनर पनि हुन् । बलिउड इभेन्टमा उनको फेसनले सानोतिनो तहल्का मच्याउने गर्छ । "/>

सोनम कपुरको बैवाहिक कार्यक्रम कहाँ हुँदैछ ?

सोनम कपुरको बैवाहिक कार्यक्रम कहाँ हुँदैछ ?

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री सोनम कपुर फेसनेवल छिन् । हुन त उनी फेसन डिजाइनर पनि हुन् । बलिउड इभेन्टमा उनको फेसनले सानोतिनो तहल्का मच्याउने गर्छ । फेसनमा उनी निकै उदार छिन् ।

अनिल कपुर पुत्री सोनम अब बिवाह गर्दैछिन् । उनी भारितय खासगरी दिल्लीका व्यापारी आनन्द आहूजासँग बिवाह गर्न लागेकी हुन् । तीन बर्षदेखि आनन्द आहूजासँग उनको डेट चलिरहेको छ ।

केहि समयअघि, उनीहरु एकसाथ लन्डनमा जाडो विदा मनाउन पुगेका थिए । त्यसो त यसअघि पनि यी प्रेम जोडी विभिन्न ठाउँमा देखापर्ने गरेका छन् । उनीहरुको बिवाहका लागि जोधपुरको उम्मेद भवन प्यालेस बुक गरिएको खबर छ । यद्यपी दुबैले अहिलेसम्म आफ्नो रिलेसनलाई आधिकारिक रुपमा बताएका भने छैनन् ।

उनै आनन्दसँग सोनमको इंगेजमेन्ट हुने चर्चा यसअघि नै चलेको हो । यद्यपी त्यो हल्ला मात्र रहेछ । अनिल कपुरले उनीहरुको सम्बन्धलाई त्यती निको मानेका थिएनन्, सुरुमा । तर, अहिले उनले आफ्नोतर्फबाट मञ्जुरी दिइसकेका छन् ।

उनले छोरीलाई बिहेका लागि स्विकृति दिइसकेका छन् । आमा र भाईले पनि सोनमको निर्णयलाई सही मानेका छन् । आगमी जुन महिनामा उनको बिवाह धुमधामका साथ हुने चर्चा छ ।

अहिले सोनम आफ्नी दिदी रिया कपूरको निर्देशनमा बनिरहेको फिल्म ‘वीरे दी वेडिङ’ को छायांकनमा व्यस्त छिन् । यस फिल्ममा सोनममा साथै करीना कपुर पनि छिन् । यो फिल्मपनि जुन महिनामा रिलिज हुँदैछ ।

Logo