इलियाना डिक्रुज निकै हट अभिनेत्रीमा गनिन्छन् । दक्षिण भारतिय फिल्महुँदै बलिउडमा भित्रिएकी एलियाना जति बोल्ड छिन्, उत्तिनै तगडा पनि छिन् । "/>

केटी जिस्काउने केटाहरुलाई इलियाना चुनौती

केटी जिस्काउने केटाहरुलाई इलियाना चुनौती

केन्द्रबिन्दु
0
Shares

इलियाना डिक्रुज निकै हट अभिनेत्रीमा गनिन्छन् । दक्षिण भारतिय फिल्महुँदै बलिउडमा भित्रिएकी एलियाना जति बोल्ड छिन्, उत्तिनै तगडा पनि छिन् । उनी सानोतिनो कुराले बिचलित हुँदैनन् । जस्तोसुकै परिस्थितीसँग जुध्ने गर्छिन् ।

केहि समय एक युवतीलाई उनको ब्वाईफ्रेन्डले गरेको ब्ल्याकमेलिङबारे पनि इलियानाले मुख खोलेकी थिइन् । उक्त युवतीले आफुलाई ब्वाइफ्रेन्डले गरेको नराम्रो व्यवहारको पर्दाफास गरेकी थिइन् । त्यही कुरालाई लिएर इलियानाले युवतीलाई ढाडस दिएकी थिइन् ।

उक्त युवतीले ति ब्वाईफ्रेन्डको हर्कत सामाजिक संजालमा छताछुल्ल बनाइदिएपछि इलियानाले युवतीको हिम्मतलाई सलाम गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘तिमी जोसुकै होऔं तर मेरो दिलमा तिम्रो लागि सम्मान छ ।’

इलियानाले के पनि खुलाएकी थिइन भने उनी स्वंम यस्ता छेडछाडको शिकार भएकी छिन् । ‘मलाई खुसी लाग्छ कि, मेरो अभिभावकले जहिले पनि यसखाले चुनौतीसँग जुध्ने हिम्मत दिए’ इलियानाले भनेकी छिन्, ‘उनीहरुले मलाई हरेक नराम्रो क्षणमा लड्ने ताकत दिए ।’

Logo