आमिर खानको फिल्म ‘सेक्रेट सुपरस्टार’ भारत तथा नेपालको हलबाट उत्रिएको महिना दिन भन्दा बढी बितिसक्यो । तर फिल्म अझै जारी छ । "/>

आमिर खान यसकारण निजी जीवनमा पनि परफेक्टनिष्ट ( ४ फोटो )

आमिर खान यसकारण निजी जीवनमा पनि परफेक्टनिष्ट ( ४ फोटो )

केन्द्रबिन्दु
0
Shares

आमिर खानको फिल्म ‘सेक्रेट सुपरस्टार’ भारत तथा नेपालको हलबाट उत्रिएको महिना दिन भन्दा बढी बितिसक्यो । तर फिल्म अझै जारी छ । चीनमा फिल्मले धमेकदार व्यपार गरिरको छ । केहि समयअघिसम्म ‘सेक्रेट सुपरस्टार’ले चार सय करोड बढी कमाएको चर्चा छ ।

आमिरको फिल्म ‘दंगल’ले पनि चीनको बजारमा तहल्का पिट्यो । अहिले उनी ‘थग्स अफ हिन्दुस्तान’को सुटिङमा छन् । यो फिल्म अहिले नै बहुप्रतिक्षित बनेको छ ।

आमिरलाई त्यसै मिस्टर परफेक्टनिष्ट भनिएको होइन, उनी जे गर्छन् पुरा दिल लगाएर गर्छन् । त्यसो त व्यवसायिक जीवनमा त उनी परफेक्शिनिस्ट हुन नै, निजी जीवनमा पनि । उनी आफ्नो कामलाई जति महत्व दिन्छन्, उत्तिनै परिवारलाई पनि ।

मिस्टर परफेक्शिनिस्टको केहि तस्बिर सार्वजनिक भए, जसमा उनी आफ्नो परिवारसँग रमाइरहेका देखिन्थे । आमिरका पहिलो पत्नि रीनातर्फका छोरा जुदैन र छोरी ईरा हुर्किसकेका छन् ।

दोस्रो पत्नी किरण रावतर्फको छोरो आजाद राव सानै छ । उनी आफ्ना सबै सन्तानसँग उत्तिकै समय साझेदार गरिरहेका हुन्छन् । पहिलो पत्नीसँग सम्बन्ध विच्छेद भएर पनि उनी उक्त पत्नीसँग सुख दुख साटिरहेका हुन्छन् ।

Logo