बलिउड अभिनेता अक्षय कुमारले केहि समयअघि दीपिका पादुकोण, आलिय भट्ट लगायतलाई च्यालेन्ज गरेका थिए, ‘यसरी सेनेटरी नेपकिन देखाउन क–कसले सक्छ ?’
आलिया भट्टले च्यालेन्ज स्विकार गरिन् । "/>

अक्षयले च्यालेन्ज गरेपछि दीपिकाले देखाइदिइन् !

अक्षयले च्यालेन्ज गरेपछि दीपिकाले देखाइदिइन् !

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता अक्षय कुमारले केहि समयअघि दीपिका पादुकोण, आलिय भट्ट लगायतलाई च्यालेन्ज गरेका थिए, ‘यसरी सेनेटरी नेपकिन देखाउन क–कसले सक्छ ?’
आलिया भट्टले च्यालेन्ज स्विकार गरिन् ।

उनले सेनेटरी नेपिकन बोकेर फोटो खिचिन् । दीपिकाले पनि हिम्मत हारिनन् । उनले हालै मात्र सेनेटरी नेपकिन बोकेर भिडियो अपलोड गरिन् । साथै उनले भिडियोसँगै अक्षयलाई सम्बोधन गरेर भनिन्, ‘सेनेटरी नेपकिन बोक्नु लाज लाग्ने कुरा होइन ।’

तपाईलाई अचम्म लाग्छ, बलिउडकर्मीहरु किन सेनेटरी नेपकिनको बारेमा यति धेरै सवाल जवाफ गरिरहेका छन् । खासमा भन्ने हो भने, अक्षय कुमारको नयाँ फिल्म ‘प्याडमेन’ चाडै रिलिज हुँदैछ । त्यही फिल्मको प्रमोशनका लागि उनले सेनेटरी नेपकिन अर्थात प्याडको यति धेरै प्रचार गरेका हुन् ।

सेनेटरी नेपकिनको बारेमा फिल्म केन्द्रित रहेको छ । सानो बजेटको तर फरक खालको फिल्ममा अक्षयले अहिले जोड दिन थालेका छन् । यसअघि उनको ‘ट्वाइलेट, एक प्रेम कथा’ रिलिज भएको थियो । सानो बजेटमा बनेको यो फिल्म सुपरहिट भयो । अहिले यो फिल्म पनि निकै फरक विषयमा बनेको छ र धेरैले फिल्मको प्रतिक्षा पनि गरेका छन् ।

Logo