अन्ततः भद्रगोल बन्द नै हुने भयो, अर्जुन घिमिरे (पाँडे)ले गरे यस्तो गम्भिर खुलासा

अन्ततः भद्रगोल बन्द नै हुने भयो, अर्जुन घिमिरे (पाँडे)ले गरे यस्तो गम्भिर खुलासा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चर्चित हाँस्य टेलिश्रृङ्खला भद्रगोल भन्द हुने भएको छ । भद्रगोलका मुख्य कलाकार तथा एक निर्देशक अर्जुन घिमिरे (पाँडे) ले भद्रगोल बन्द हुने बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेका छन्, अबदेखि भद्रगोलका पाईला यही बिन्दुबाट बिश्राम गर्ने कोसिस गर्न लागेका छौँ ।

घिमिले उक्त स्टाटसबाट उत्पादक कम्पनी मिडिया हबमाथी पनि आक्रोस पोखेका छन् । पाँडेले आफ्नो फेसबुक स्टाटसमा मिडिया हबले मनोमानी गरेको आरोप लगाएका छन् । मिडिया हबले सम्झौताअनुसार समयमा कहिले पनि भुक्तानी नगरेको उनले बताए।

उनको फेसबुकवालमा यस्तो लेखेका छन् ।

“मिडिया हबले आजसम्म साथ र सहयोग गर्नुभएकोमा धन्यवाद । कति दुःख सुखलाई बेवास्ता गरि एकोहोरो रुपले कार्यक्रम उत्पादन गर्दै १ सय ५७ भागसम्म प्रसारण गरियो तर कार्यक्रमको सम्झौता अनुसार कहिले पनि भुक्तानी भएन । केही कथित व्यक्तिहरुको मनोमानीले गर्दा हामीलाई कार्यक्रम उत्पादन गर्न निकै समस्या उत्पन्न गरियो । मिडिया हबका कर्मचारी भद्रगोलको निर्देशक भन्दा माथी देखियो । केही ब्यक्तिको स्वार्थले गर्दा कोही ब्यक्तिले मिडिया हबभन्दा माथी आफुलाई राख्दै हाम्रो कार्यक्रम मनोमानी ढंगले विगारर प्रशारण गराइयो । हामीले मिडिया हब जस्तो प्रतिष्ठित कार्यालयको व्यापारलाई उच्च मुल्यांकन गरि जनताले चाहेको अनि व्यापार प्रवर्दन हुने किसिमको कार्यक्रम उत्पादन गर्ने कोसिस गरकै हो । अबदेखि भद्रगोलको पाइला यहि बिन्दुबाट विश्राम गर्ने कोसिस गर्न लागेका छौँ । कृपया सम्पूर्ण दर्शकज्यूहरु प्रति आभारी हुँदै फेरी कुनै दिन टेलिभिजन मार्फत भेट हुने जानकारी गराउँछु ।”

Logo