रणवीर सिंह अहिले दुई कारणले चर्चामा छन् । एक, फिल्म पद्यावतमा गरेको अलाउद्दीन खिलजीको धमकेदार भूमिकाले । अर्को, प्रेम प्रसंगले । "/>

एक साथ तीन केटीसँग डेट, यस्तो छ रणवीरको लभ लाइफ

एक साथ तीन केटीसँग डेट, यस्तो छ रणवीरको लभ लाइफ

केन्द्रबिन्दु
0
Shares

रणवीर सिंह अहिले दुई कारणले चर्चामा छन् । एक, फिल्म पद्यावतमा गरेको अलाउद्दीन खिलजीको धमकेदार भूमिकाले । अर्को, प्रेम प्रसंगले ।
यो प्रेम प्रसंग दीपिका पादुकोणसँगको भने होइन ।

हालै एक म्यागजिनलाई अन्र्तवार्ता दिदै उनले भने कि, १४ बर्षको उमेरदेखि नै उनी लभ गर्थे । यतिसम्म त ठिकै छ । यसभन्दा अगाडि बढेर उनले के पनि भने भने, त्यसबेला उनी एक जनासँग होइन, एकसाथ तीन जनासँग लभ गर्थे ।

उनले केटीहरुसँगको आफ्नो सम्बन्ध सधै सुमधुर रहेको बताए । एक पटक उनी परिवारसहित अमेरिका गएका थिए विदा मनाउन । त्यहाँबाट फर्कदा उनी अलि पातलो र अग्ला भइसकेका थिए । त्यसबेला उनी एक केटीसँग डेट गर्न सुरु गरे । त्यसपछि अर्कोसँग ।

फेरी अर्कोसँग । १४ बर्षको उमेरमा उनी एकसाथ तीन जनासँग डेट गरिरहेका थिए । अहिले रणवीर सिंह दीपिका पादुकोणसँगको रिलेसनमा छन् । तर, दुबैले अफेयरमा रहेको कुरा आधिकारिक रुपमा भनेका छैनन् ।

त्यसो त यसअघि पनि रणवीर हेमा मालिनीकी छोरी आहना देओलसँग अफेयरमा थिए । आहना र रणवीर कलेजका दिनमै डेट गर्न थालेका थिए । पछि रणवीर पढाईका लागि विदेश गए । आहनाले बिहे गरिन् ।

फिल्ममा आएपछि रणवीर र अनुष्का शर्माबीच प्रेम बस्यो । उनीहरु फिल्म बैड बाजा बारातमा एकसाथ देखिएका थिए । फेरी लेडिज भर्सेस रिकी बहल, दिल धडकने दोमा पनि दुबैले स्क्रिन शेयर गरे ।

रणवीरको नाम सोनाक्षी सिन्हासँग पनि जोडियो । लामो समय उनीहरुको अफेयरको चर्चा मिडियामा चलिरह्यो । तर, रणवीरले यस कुराको खण्डन गरे ।

Logo