३ लाखको लगानीमा भिडियो निर्माण भएको “विधाता” बजारमा (भिडियो)

३ लाखको लगानीमा भिडियो निर्माण भएको “विधाता” बजारमा (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली लोक संगीतको लागि अर्को बहुप्रतिक्षित लोकदोहोरी गीत “विधाता”बजारमा आएको छ। चर्चित गायिका बिष्णु माझी र बालकुमार श्रेष्ठको सुमधुर आवाज रहेको गीतमा बाल कुमार श्रेष्ठकै लय र सुष्मा थापाको शब्द रहेको छ। चर्चित मोडल सारिका केसी र धुर्ब हिमालीको अभिनय रहेको गीत देशका बिभिन्न जिल्लाहरुमा दृश्य कैद गरिएको छ ।

३ लाख भन्दा बढी लगानीमा उक्त भिडियो निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । वास्तविक प्रेमी प्रेमिकाको प्रेमलाई जोडिएर बनाइएको गीतको निर्देशन एकिन्द्र सारा संकरले गरेका हुन् ।

बिष्णु शर्माको सम्पादन रहेको गीतको भिडियो भने कारण चैसिरले खिचेका हुन् । राजु विरहीको प्रस्तुति रहेको उक्त गीतलाई राजु बिरही लामाकै चन्द्र सुर्य फिल्म्स् प्रालिले बजारमा ल्याएको छ ।

Logo