करिब १० वर्ष अगाडी बाबु बोगटीले गाएको 'सिँउदो'मा बोलको गित उनको अमुमति बीना फेरी रेकर्ड भएपछि विवाद चुलिएको छ । गितका रचनाकार तथा संगीतकार यस कुमारले बोगटीसँग कुनै सल्लाह नै गरि गित फेरि अर्कोबाट रेकर्ड गराएको खुल्न आएको छ । "/>

बाबु बोगटीले १० वर्ष अगाडी गाएको गित विवादमा

बाबु बोगटीले १० वर्ष अगाडी गाएको गित विवादमा

केन्द्रबिन्दु
0
Shares

करिब १० वर्ष अगाडी बाबु बोगटीले गाएको ‘सिँउदो’मा बोलको गित उनको अमुमति बीना फेरी रेकर्ड भएपछि विवाद चुलिएको छ । गितका रचनाकार तथा संगीतकार यस कुमारले बोगटीसँग कुनै सल्लाह नै गरि गित फेरि अर्कोबाट रेकर्ड गराएको खुल्न आएको छ ।

उक्त विषयमा प्रतिक्रिया दिँदै गायक बोगटी भन्छन् ।

“यहाँ कस्ले राम्रो गायो भन्दा पनि संस्कार अनि सभ्यता अनुशासन र ईमान्दारिताको कुरा हो । जसले जतिपटक गाएपनि पहिलो पटक जसले गित गाउँछ त्यो नै ओरिजिनल गायक हो । अरु भनेको कभर र रिमेक्स गर्ने मात्रै हो । सिँउदोमा गितको गायक बाबु बोगटी हो यो सत्य हो, अब जसले गएपनि त्यो कभर गर्ने मात्रै हो । ” उनि अगाडी भन्छन्, “पहिलो प्राथमिकता भनेको पहिलो गायकलाई हुन्छ । उससँगको सल्लाहपछि गितकार संगितकारले त्यो गित १०० जनालाई बेचेपनि फरक पर्दैन् । अरुले गाएको गितलाई सबै अधिकार म मा छ भनेर भ्रममा परेर अर्कोलाई गित दिनु नै गलत हो । दिएपनि त्यो गितको ओरिजिनल गायकको नाम उल्लेख नगर्नु के नियत हो ? स्रष्टाको सम्मा गरौँ । मिहिनेत, लगानी र सृजना पपुलर बनाउने निँहुमा अरुलाई सबै अधिकार दिने अधिकार नेपाली संगित क्षेत्रमा छैन्, होला । “

Logo