रजनीकान्त दक्षिण भारतिय सिनेमाका सर्वाधिक चर्चित अभिनेता हुन् । उनको फिल्म रिलिज हुँदा दक्षिण भारतमा सार्वजनिक विदा नै दिएको घटनाबाट पनि बुझिन्छ, उनी कति लोकप्रिय छन् भन्ने । "/>

मजदुर, कन्डक्टर हुँदै सुपरस्टार ! यस्तो छ रजनीकान्तको जीवनगाथा

मजदुर, कन्डक्टर हुँदै सुपरस्टार ! यस्तो छ रजनीकान्तको जीवनगाथा

केन्द्रबिन्दु
0
Shares

रजनीकान्त दक्षिण भारतिय सिनेमाका सर्वाधिक चर्चित अभिनेता हुन् । उनको फिल्म रिलिज हुँदा दक्षिण भारतमा सार्वजनिक विदा नै दिएको घटनाबाट पनि बुझिन्छ, उनी कति लोकप्रिय छन् भन्ने । रजनीकान्तलाई त्यहाँ भवगान सरह मानिन्छ । उनको पूजा गरिन्छ ।

त्यसो त रजनीकान्तले थुप्रै ब्लकबस्टर फिल्म दिएका छन् । फिल्ममा उनको स्टाइल र डायलग निकै दमदार हुनेगर्छ । सर्वाधिक महंगा भारतिय अभिनेतामा पनि रजनीकान्तको नाम आउँछ । तर कुनैबेला उनी मजदुर थिए । पत्याउन गाह्रो हुन्छ, उनले कन्डक्टरको काम पनि गरे ।

कुनैबेला उनी मजदुर थिए । मजदुरी गरेर पेट भर्थे । पछि कार्पेन्टरको काम गरे । त्यसपछि कन्डक्टरको । यससँगै उनमा अभिनयको नसा भने थियो । उनी समय निकालेर अभिनयको क्लास लिन्थे । नाटकहरु खेल्थे ।

रजनीकान्त कसरी मजदुर हुँदै सुपरस्टार भए त ? यहाँ रोचक तथ्य दिइउको छ । रजनीकान्तको नाममा मन्दिर समेत स्थापना गरिएको छ ।

रोचक कुरा

– रजनीकान्त दक्षिण भारतमा यति प्रिय छन् कि, प्रशंसकले उनको नाममा मन्दिर बनाएका छन् ।
– रजनीकान्त सुपरस्टार हुनुअघि कन्डक्टर थिए । कन्डक्टरअघि कार्पेन्टर थिए । कार्पेन्टरअघि मजदुर थिए ।
– रजनीकान्तको पुरा नाम शिवाजी राव गायकवाड हो ।
– उनको जन्म १२ डिसेम्बर १९५० मा भएको थियो ।
– रजनीकान्तले स्कुल पढ्दाताका नाटकमा अभिनय गर्थे । नाटकमा उनको अभिनयले राम्रो तारिफ पाउथ्यो ।
– अभिनय सिक्ने क्रममा रजनीकान्तबाट एक निर्देशक प्रभावित भए र उनले आफ्नो फिल्ममा इन्ट्री गराए । फिल्मको नाम थियो, अपूर्व रागांगल ।
– पहिलो फिल्ममा रजनीकान्तको भूमिका एकदमै कम थियो । त्यसैले उनले यसबाट आफ्नो पहिचान बनाउन सकेनन् ।
– अहिले हिरो बनेर अभिनय गर्ने रजनीकान्तले सुरुमा भिलेन बनेर खेलेका थिए । त्यसपछि साइड रोल गरेका थिए । त्यसपछि मात्र हिरोको रुपमा पर्दापण भएका थिए ।
– १९७७ मा आएको फिल्म ‘चिलकम्मा चेप्ंिपडी’बाट रजनीकान्त हिरोको रुपमा उदाए ।
– रजनीकान्तले १९८१ मा बिवाह गरे । अहिले उनको दुई छोरी छन् । उनकी पत्नी एक स्कुल संचालन गर्छिन् ।
– सुपरस्टार भएर पनि रजनीकान्तको जीवनशैली सामान्य छ । उनी धोती कुर्ता लगाएरै बस्छन् । अक्सर केहि माग्न आउनेहरुलाई उनी हार्दिकताका साथ सहयोग गर्छन् ।
– रजनीकान्तको पिता प्रहरी हवलदार थिए ।

Logo