बलिउड बादशाह यतिबेला फिल्म ‘जिरो’को छायांकनमा छन् । यसअघिको उनको फिल्महरुले खासै कमाल गर्न सकेन । पछिल्लो समय प्रदर्शित दिलवाले, फ्यान जस्ता फिल्म फ्लप भयो । "/>

शाहरुख खानको फार्म हाउस सिल

शाहरुख खानको फार्म हाउस सिल

केन्द्रबिन्दु
0
Shares

बलिउड बादशाह यतिबेला फिल्म ‘जिरो’को छायांकनमा छन् । यसअघिको उनको फिल्महरुले खासै कमाल गर्न सकेन । पछिल्लो समय प्रदर्शित दिलवाले, फ्यान जस्ता फिल्म फ्लप भयो । भनौं, शाहरुख अहिले ओह्रालो यात्रामा छन् ।

ओह्रालो लागेको मृगलाई बाख्राले पनि खेद्छ । शाहरुलाई अहिले भाग्यले खेदिरहेको छ । उनको अलीबाग वाला फार्म हाउस सील गरिएको छ । आमयकर विभागले शाहरुखको फार्म हाउस सील गरेर ९० दिनमा त्यसको जबाफ मागेको छ । शाहरुखको यो फर्म हाउस बेनामी सम्पति लेनदनेनको प्रसंगमा मुछिएको छ ।

शाहरुखले अलीबागमा खेतीका लागि जमिन खरिद गरेका थिए । तर त्यसको साटो ठूलो फार्म हाउस बनाए । शाहरुखको यो फार्म हाउस अलीबागमा १९ हजार ९ सय ६० स्क्वायर मिटरमा फैलिएको छ ।

यस फार्महाउसलाई लिएर शाहरुखको बिरुद्ध आरोप लगाइएको छ कि, उनले खेत ीगर्नका लागि जमिन खरिद गरेका थिए । तर, अहिले पर्सनल युजको लागि काम गरिरहेका छन् । यतिमात्र होइन, यो फार्म हाउस बनाए । भनिहालौं, शाहरुले आफ्ना साथी र परिवारसँग होलिडे इन्जोए गर्न उक्त फार्म हाउसमा पुग्ने गर्छन् ।

Logo