फिल्म पद्मावतमा रणवीर सिंहले १२ केजीको कस्ट्युम लगाएको चर्चा छ । त्यतीका भारी कस्ट्युम लगाएर दौडनु पर्दा उनी बेहोस भएका थिए । "/>

पद्मावतमा दीपिकाले कति किलोको गहना लगाइन् ?

पद्मावतमा दीपिकाले कति किलोको गहना लगाइन् ?

केन्द्रबिन्दु
0
Shares

फिल्म पद्मावतमा रणवीर सिंहले १२ केजीको कस्ट्युम लगाएको चर्चा छ । त्यतीका भारी कस्ट्युम लगाएर दौडनु पर्दा उनी बेहोस भएका थिए ।

यो फिल्मको आकर्षक पक्षमध्ये त्यसका पात्रको पहिरन पनि हो । निर्देशक संजय लिला भन्सालीले पौराणिक कथा भन्नका लागि पात्रलाई त्यही अनुसारको गेटअपमा उतारेका छन् । पद्मावतमा दीपिका पादुकोणलार्ए रानी पद्यावती बनाउन पनि निकै मिहेनत गरिएको थियो ।

दीपिका र रणवीर सिंह प्रेमी–प्रेमिका हुन् । तर फिल्म छायांकनको बेला उनीहरुलाई आपसमा मिल्न, भेट्न दिइएको थिएन । किनभने फिल्ममा रणवीर र दीपिका एकअर्काको दुस्मन बनेका छन् ।

दीपिकाले यो फिल्मबाट निकै चर्चा पाएकी छिन् । उनको लुक्स र गेटअपको पनि प्रशंसा भइरहेको छ । उनी गरगहनाले धपक्कै बलेकी छिन् । त्यसबेलाकी सर्वाधिक सुन्दरी रानीको रुपमा दीपिका निकै सुहाएको बताइन्छ ।

२० किलोको गहना ?

दीपिकाले फिल्ममा २० किलो गहना पहिरिएकी थिइन् । त्यसो त गहना मात्र होइन, उनको पहिरन पनि निकै गह्रौं थियो । फिल्मको कस्ट्युम डिजाइनर रिम्पल नरुलाले भनेका छन्, यो लुक भारतिय इतिहासकी रानीको लुक अनुरुप नै छ ।

यस फिल्ममा दीपिकाको लुक राजपुतना महारानीसँग मिल्दो जुल्दो बनाइएको छ । दीपिकालाई आफ्नो भूमिकाको लागि तयार हुनका लागि करिब एक घण्टा समय लाग्ने गरेको थियो ।

Logo