सलमान खान नेपाल आउदैछन् । सलमान खान आउनुअघि नै त्यसले सानोतिनो कम्पन पैदा गरिसकेको छ । सलमान कति विकाउ सेलिब्रेटी हुन् भन्ने कुरा यसबाट पनि आँकलन गर्न सकिन्छ । "/>

तपाईलाई थाहा नहुन सक्छन सलमान खानका यी सेक्रेट कुरा !

तपाईलाई थाहा नहुन सक्छन सलमान खानका यी सेक्रेट कुरा !

केन्द्रबिन्दु
0
Shares

सलमान खान नेपाल आउदैछन् । सलमान खान आउनुअघि नै त्यसले सानोतिनो कम्पन पैदा गरिसकेको छ । सलमान कति विकाउ सेलिब्रेटी हुन् भन्ने कुरा यसबाट पनि आँकलन गर्न सकिन्छ । यसवीचमा उनको बारेमा धेरैकुरा बाहिर आइसकेको छ । यहाँ हामी केहि कुरा शेयर गर्दैछौ, जुन त्यती धेरै चर्चा भएको छैन ।

तीन किलोको बच्चा

सलमान खानको वर्थ रजिस्टरमा यस्तो लेखिएको थियो, ‘सलमा सलीम, निवासी ओल्ड पलासियाले २७ डिसेम्बरमा भएको डेलिभरीमा एक स्वस्थ्य बच्चालाई जन्म दिइन् । त्यहाँ बच्चाको तौल करिब तीन किलो भएको उल्लेख छ ।

डोरीले बाँधेर कुवामा फ्याकियो

सलमानलाई सानो छँदा पानीमा डुब्न डर लाग्थ्यो । यस्तो अवस्थामा एक दिन उनलाई डोरीले बाँधेर छिमेकीको कुवामा फ्याकिएको थियो । त्यसपछि सलमान निरन्तर उक्त कुवामा पौडन जान थाले । बाल्यकालमा उनले यहि स्विमिङ सिके ।

चोरेको काँचो आपमा नुन चोपेर खाने

सलमान सानो छँदा चकचके थिए । त्यसबेला उनी साथीहरुसँग मिलेर काँचो आप र जामुन चोरी गर्थे । त्यसलाई नुनमा चोपेर खान्थे ।

त्यसबेला उनी खानेकुराको एकदमै सौखिन थिए । नजिकैको पसलमा गएर खाइरहन्थे । उनको घरको आँगनमा फलफूलको रुख थियो, जहाँ चढेर उनी फलफूल खान्थे ।

हिलोमा गाडी फसेपछि

एक पटक सलमान लगायत चढेको जिप खाल्डोमा फस्यो । त्यहाँ पानी भरिएको थियो । उनीहरु सबै मिलेर जिपलाई खाल्डोबाट बाहिर निकाले । त्यसबेलासम्म सबैको कपडा हिलैहिलो भइसकेको थियो । आखिरमा उनीहरुले त्यही खाल्डोमा पौडी खेले ।

बाल्यकालका साथीलाई अझै सम्झन्छन्

सलमानको वाल्यकालको साथी हुन्, दल्ला । उनी अहिले गाउँमै मजदुरी गर्छन् । दल्लाका अनुसार उनी निसाना लगाउनका माहिर थिए । एउटा ढुंगाले ऊ उडिरहेको चरा पनि खसाल्न सक्थे । उनको यहि खुबीको कारण सलमानले अहिलेपनि उनलाई सम्झने गरेका छन् । सलमानले वाल्यकालको साथीलाई अझै भुलेका छैनन् ।

Logo