काठमाडौं
गत चैतमा भक्तपुरको बालकोटमा रहेको घरको कथा सुनाउँदै हाँस्य अभिनेता मनोज गजुरेलले भनेका थिए, ‘मेरी मैनाको दुःख मिसिएको हुनाले यो घर मलाई प्यारो लाग्छ । "/>

चर्चामा मनोज र मीनाको सवाकरोडको डिभोर्स !

चर्चामा मनोज र मीनाको सवाकरोडको डिभोर्स !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
गत चैतमा भक्तपुरको बालकोटमा रहेको घरको कथा सुनाउँदै हाँस्य अभिनेता मनोज गजुरेलले भनेका थिए, ‘मेरी मैनाको दुःख मिसिएको हुनाले यो घर मलाई प्यारो लाग्छ ।’ उनले यसो भन्दा उनकी मैना अर्थात् मीना उनीसँगै थिइन् । मनोज अहिले त्यो घरमा एक्लै छन् । उनकी मैना बानेश्वरमा । यी दुवै जोडी तनले मात्रै हैन, मनले समेत छुट्टिइसकेका छन् । काठमाडौं जिल्ला अदालतले यी दुवैको मन विभाजित हुने सरकारी कागजातमा ल्याप्चे लगाइदिइसक्यो । यी दुवैको २२ वर्ष लामो वैवाहिक जीवनमा पूर्णविराम लाग्यो ।

मनोजकी ‘मैना’ अर्थात् मीना ढकाल गजुरेलको नाम छोट्टिएको करिब एक महिना भइसक्यो । उनी गजुरेल शब्दबाट कानुनी रुपमै मुक्त भइन् । गजुरेल र ढकालका अनुसार आपसी सहमतिमै डिभोर्स भएको हो । यी त बाँडिए नै, उनीहरूसँगै २२ वर्षे यात्राको २ नाशो समेत बाँडिए । २० वर्षका छोरा बालकोटमा गजुरेलका साथी भएका छन् । १३ वर्षकी छोरी बानेश्वरमा आमाको साथी ।

डिभोर्सपछि आपसी समझदारी अनुसार मीनाले अंशबण्डा बापत मनोजबाट एक करोड २५ लाख रुपैयाँ पाएकी छन् । जस मध्ये ६० लाख छोरीको हो । जानकारहरुका अनुसार अदालती प्रक्रियामा अंश बापतको रकम छोरीको मात्र उल्लेख गरिएको छ । प्रेम र विवाह मान्छेका नितान्त व्यक्तिगत मामिला भए पनि मनोज–मीनाको ‘ट्रयाजेडी’ बहसको विषय बनिरहेको छ । चिया पसल देखि रक्सी भट्टी सम्म यी दुवैको दुखद कहानीको खासखुस सुनिन्छ । डिभोर्सको कारक र कारणबारे मीना आक्रामक रुपमा मिडियासँग खुलेकी छन् भने मनोज मौन नबसे पनि डिफेन्सिभ देखिन्छन् ।

दुनियाँ हसाएँ, घरमा रुवाए

कहिले प्रचण्ड, कहिले केपी ओलीको अवतार । कहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त कहिले लालबाबु पण्डित । दर्शक र स्रोतालाई हँसाउन दिनरात लागिरहे गजुरेल । मीना भने उनले दुनियाँलाई त हँसाए तर आफ्नै जीवनसंगीलाई हँसाउन नसकेको बताउँछिन् । उनले भनिन्, ‘मनोजले दुनियाँलाई हँसाए तर आफ्नै श्रीमतीलाई हँसाउन सकेनन् ।’ ‘मिनाजीलाई सायद त्यस्तो लाग्यो होला,’ स्पष्टीकरणसँगै भावुक हुँदै मनोज भन्छन्, ‘तर मैले क्षमता, योग्यता, बुद्धि र विवेकले भ्याए सम्म हँसाउनका लागि जोक नभने पनि परिवारमा चाहिने आधारभूत आवश्यकता र प्रेम सेयर गरेको थिएँ जस्तो लाग्छ ।’

बिहे लगत्तै खटपट

मनोज र मीना दुवैले २२ वर्षदेखि नै आफूहरुको सम्बन्धमा खटपट रहेको स्वीकारे । यत्रो वर्ष खटपटमै बसेको जोडी एक्कासि कसरी डिभोर्सको सहमतिमा पुग्यो । ‘खटपट त २२ वर्ष देखि नै थियो,’ मीनाले भनिन्, ‘झगडा हुन्थ्यो । २–४ वर्ष यता मैले फिजिकल टर्चर नपाए पनि मेन्टल टर्चर धेरै पाएँ ।’ मीना अलि आक्रामक देखिए पनि मनोज भने नरम देखिन्थे । ‘म जिन्दगीको यस क्षणमा मीनाजीका राम्रा–राम्रा कुरा मात्र सम्झन चाहन्छु, नराम्रा बिर्सन चाहन्छु,’ उनले भने ।

नागरिकबाट

Logo