संजय लिला भन्सालीको ‘पद्मावत’ फिल्मलाई भारतको कतिपय स्थानमा प्रदर्शनमा रोक लगाएको छ । जति ठाउँमा प्रदर्शन भइरहेको छ, यसले धमका मच्याइरहेको छ । "/>

पद्मावतमा ठम्याउनुभयो यी तीन गल्ती ?

पद्मावतमा ठम्याउनुभयो यी तीन गल्ती ?

केन्द्रबिन्दु
0
Shares

संजय लिला भन्सालीको ‘पद्मावत’ फिल्मलाई भारतको कतिपय स्थानमा प्रदर्शनमा रोक लगाएको छ । जति ठाउँमा प्रदर्शन भइरहेको छ, यसले धमका मच्याइरहेको छ । यसले प्रदर्शनको पहिलो दिनमा अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको छ । ट्रेन विश्लेषक तरण आदर्शले ट्वीटमार्फत बताए अनुसार पहिलो दिनमा फिल्मले १९ करोड भारु कमाइ गरेको छ ।

संजय लिला भन्सालीको फिल्म आफैमा भव्य हुनेगर्छ । त्यही भव्यताले दर्शक तानिरहेको छ । फिल्मको सेट, फ्रेमिङ, अभिनयले दर्शकलाई करिब तीन घण्टा बाधेर राख्छ । बलिउड समीक्षकहरुले फिल्मको प्रशंसा गरिरहेका छन् ।

यति हुँदा हुँदै पनि फिल्ममा केहि कमजोरी छन् । ति गल्ती के के छन् त ?

गल्ती एक

एक दृश्यमा देखाइएको छ कि रानी (दीपिका पादुकोण) हातमा पूजाको थाली लिएर आउँछिन् । जब राजा (शाहिद कपुर)को नजिक पुग्छिन्, राजाले उनको एउटा हात समाउँछ । यसबीचमा रानीको काधको दोपट्टा झर्छ । तर अर्को सीनमा त्यो दोपट्टा काधमै देखिन्छ । जबकी रानीको एक हातमा थाली छ भने दोस्रो हात राजाको हातमा समाइरहेकी हुन्छिन् । उनले कसरी दोपट्टा मिलाइन् ?

गल्ती दुई

खिलजी (रणवीर सिंह) मल्ल युद्ध गर्छ, जो यस फिल्मको खास सिन हो । यस सिनलाई ड्रोनबाट फिल्मांकन गरिएको छ । माथि ड्रोनको दृश्यमा अत्याधिक मान्छेको भिड देखिन्छ ।

खिलजीको मल्ल युद्ध हेर्न त्याहाँ भिड जम्मा भएको देखाइन्छ र उनको जय जयकार गरेको सुनिन्छ । तर यस दृश्यलाई राम्ररी हेर्ने हो भने त्यसको दुई लाइनमा मात्र मान्छेको घेरा छ ।

गल्ती तीन

खिलजीले लापरवाही तरिकाले मासु लुछेको दृश्य देखाइएको । खिलजीको खान्की पनि निकै धेरै देखाइन्छ । तपाईले राम्ररी ध्यान दिएर हेर्नु भयो भने खिलजीले मासु दाँतले लुछेर चपाउँछन् तर निलेको छैन ।

Logo