केन्द्रविन्दु समाचारदाता 

काभ्रे

आफू जन्मेको माटोको सुवास चारैतिर फैलाउने कर्मशील काभ्रेलीको पछिल्लो पङ्क्तिमा उभिन आइपुगेका छन् सिरोज दाहाल । "/>

कलाक्षेत्रमा आशा बोकेका काभ्रेली प्रतिभा सिरोज दाहाल

कलाक्षेत्रमा आशा बोकेका काभ्रेली प्रतिभा सिरोज दाहाल

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु समाचारदाता 

काभ्रे

आफू जन्मेको माटोको सुवास चारैतिर फैलाउने कर्मशील काभ्रेलीको पछिल्लो पङ्क्तिमा उभिन आइपुगेका छन् सिरोज दाहाल । अभिनय कलाका माध्यमबाट नेपाली कलाका क्षेत्रमा केही गरौँ भनी सदा प्रयत्नशील उनका अभिनय रहेका केही म्युजिक भिडियो र ‘सर्ट फिल्म’ले दर्शकको मनमा बास गरिसकेका छन् । उनको कलायात्राको प्रवेश छक्का पञ्जा फिल्मको ‘ए दाजु नसमाऊ नाडीमा..’ बोलको गीतको कभर भिडियोबाट भएको हो । यु ट्युवमा ९० के भ्यूले उत्साहित सिरोजले त्यसपछि पहिलो भिडियोको कमी कमजोरी हटाउँदै ‘काठमाडौँको सहरमा..’ शीर्षकको आधुनिक गीतको म्युजिक भिडियो लिएर आए । त्यस भिडियोले दर्शकको माया पाएपछि उनले ‘हेप्पी न्यू इयर’ को कभर भिडियोमा अभिनय गरे । अभिनय कला क्रमशः खारिँदै जाने कला हो । जति मिहेनत, लगन र त्यस प्रति तपस्या भाव रहन्छ त्यति नै कलाकारमा निखारता आउँछ । अभिनयमा जिवन्तता थपिन्छ । पछिल्लो पटक अभिनय गरेको ‘सेल्फी र सेल्फिसको जमाना’मा उनको अभिनय क्रमशः सुधारिँदै उत्कृष्टतातर्फ जाँदै गरेको हेर्न सकिन्छ ।

आफूमा रहेका कमजोरी स्वीकार्दै तिनीहरूलाई हटाउन लागि पर्ने सिरोज अहिले नृत्य सुधार्नका लागि नृत्यको प्रशिक्षण पनि लिँदै छन् । रहरै रहरमा यस क्षेत्रमा प्रवेश गरेका उनी रहरलाई दायित्वमा बदल्न नसके आफूमा रहेका कमजोरी हटाउन नसकिने विचार व्यक्त गर्दछन् । आफ्नो तर्पmबाट कला क्षेत्रमा सकेको योगदान पु¥याउने हेतुले दिनरात खटिएका सिरोजले ‘हाँसो’ शीर्षकको मनोरञ्जनात्मक छोटो भिडियो ६ भाग सम्म अभिनय गरेका छन् । सिरोजको अभिनयका क्षेत्रमा अहिले सम्मको यात्रा हेर्दा क्रमशः सुधारतर्फ गईरहेकाले यस्तै मिहेनत, लगन नछोडी अगाडि बढ्ने हो भने काभ्रेको माटोले प्रतिभावान नव कलाकार पाउनेमा आशावादी हुने धेरै ठाउँहरू छन् ।

Logo