सेक्सी आमा प्रियंकाका ८० जना बच्चा ?

सेक्सी आमा प्रियंकाका ८० जना बच्चा ?

केन्द्रबिन्दु
0
Shares

प्रियंका चोपडाले बिवाह गरेकी छैनन् । बलिउडमा उमेर पुगेर पनि बिवाह नगर्ने अभिनेत्रीमा नम्बर वानमा नाम आउँछ प्रियंकाको । तर तपाईलाई थाहा छ, प्रियंकाको बच्चा छ । बच्चा एउटा मात्र होइन, दुई वटा होइन । ८० जना छ ।

वास्तवमा उनको कोखबाट जन्मिएको बच्चा होइन यी । तर उनले आमाले जस्तै यत्तिका बच्चा हुर्काइरहेकी छिन् । उनीहरुको पढाईलेखाइमा प्रियंकाले सहयोग गर्ने गरेकी छिन् । प्रियंका आफुलाई ति बच्चाहरुको आमा भन्न रुचाउँछिन् ।

केहि समयअघि उनलाई एक इभेन्टमा सोधियो, ‘सुष्मिता सेन, रवीना टन्डनले अरु बच्चालाई पालनपोषण गरिरहेका छन् । तपाई किन गर्नुहुन्न ?’ जवाफमा उनले आफुले एक फाउन्डेसन चलाइरहेको बताएकी थिइन् ।

उक्त फाउन्डेनमा ८० भन्दा बढी बच्चा रहेछन् । उनी ति सबै बच्चाको पढाई खर्च जुटाइरहेकी छिन् । ति सबै बच्चाको परीक्षा रिपोर्ट कार्र्ड पनि उनीकहाँ आइपुग्छ । जवाफमा प्रियंकाले भनिन्, ‘यो पनि त काखमा लिए जस्तै भयो नि ।’

Logo