बलिउडको अनौठो कुरा, जुन तपाईलाई थाहा छैन

बलिउडको अनौठो कुरा, जुन तपाईलाई थाहा छैन

केन्द्रबिन्दु
0
Shares

बलिउड विश्वकै ठूलो फिल्म उद्योगमा गनिन्छ । यहाँको फिल्मको प्रभाव विश्व बजारसम्म फैलिएको छ । भारत, नेपाल र दक्षिण एसियाली मुलुकमा त बलिउडकै बर्चश्व छ ।
बलिउडसँग हाम्रो नाता पनि छ । बलिउडले नै नेपाली चेली मनिषा कोइरालालाई चर्चा दिलाएको हो । अरु नेपालभाषी कलाकार, प्राविधिक पनि बलिउडमा भविष्य बनाइरहेका छन् । हामीले यहाँ उल्लेख गर्न लागेको कुरा चाहि बलिउडका ति प्रसंग हुन्, जो बाहिर आएको छैन ।

कल्किको कुरा

बलिउड अभिनेत्री कल्कीले केहि समयअघि सम्बन्ध विच्छेद गरेकी हुन् । उनले केहि फिल्ममा अभिनय गरेकी छिन् । तपाईलाई थाहा हुनसक्छ, कल्कीको मातापिता फ्रेन्च हुन् । तर, रोचक कुरा चाहि के छ भने कल्किका बाजे ‘स्ट्याचु अफ लिबर्टी’ र ‘इफेल टावर’ का चीफ इन्जिनियर थिए ।

मेरा नाम जोकर

१९७० मा सार्वजनिक भएको राज कपूरका फिल्म मेरा नाम जोकर भारतिय सिनेमामा सबैभन्दा लामो मध्येमा पर्छ । यस फिल्ममा दुई घण्टा पछि मात्र इन्टरभल आउँछ ।

हिरोइन

मधुर भन्डारकरको यो फिल्म खास चर्चामा थियो । यसको मूख्य भूमिका निर्वाह करिना कपूरले गरेकी छिन् । उनका लागि दुनियाभरका अलग अलग डिजाइनरका एक सय तीस भन्दा बढी ड्रेस दिइएको थियो ।

श्रीदेवी

श्रीदेवीले बलिउडदेखि दक्षिण भारतियसम्म फिल्ममा काम गरिन् । त्यसमध्ये एक फिल्म विशेष छ, जसमा उनले रजनिकान्तको सौतेनी आमाको भूमिका निर्वाह गरेकी छिन् । जबकी त्यसबेला उनी स्वंमको उमेर केवल १३ बर्षको थियो ।

दिलवाले दुल्हनिया ले जाएगें

यो फिल्ममा शाहरुख खानले अभिनय गरेका छन् । तर, शाहरुखलाई लिनुअघि उनको ठाउँमा टम क्रुजलाई लिने योजना थियो ।

Logo