श्रीदेवीकी छोरी कोसँग रोमान्स गर्दैछिन ?

श्रीदेवीकी छोरी कोसँग रोमान्स गर्दैछिन ?

केन्द्रबिन्दु
0
Shares

अहिले बलिउडमा श्रीदेवीकी छोरी जान्ह्वी कपुरको चर्चा छ । अहिले मात्र कहाँ हो र ? विगत केहि बर्षयता उनलाई मिडियाले पच्छ्याइरहेको छ ।

हुर्कदै गरेकी श्रीदेवीकी छोरी पार्टीहरु जान थालेपछि मिडियाको आँखा उनीमाथि परेको हो । कहिले उनी साथीहरुसँग मस्ती गरिरहेकी देखियो, कहिले छोटो लुगामा जिम धाइरहेकी भेटिए । के सम्म भयो भने, उनी आफ्ना केटा साथीहरुसँग उन्मुक्त नाचिरहेको पनि देखियो ।

चर्चा थियो, जान्ह्वी शिखर पहाडियासँग अफेयरमा छिन् भन्ने । उनीहरुको केहि फोटो शोसल मिडियामा भाइरल पनि भएको थियो । यो फोटो भाइरल भएपछि श्रीदेवी निकै रिसाएकी थिइन् । त्यही कारण अहिले जान्ह्वीलाई श्रीदेवीले निकै कडाई गरिरहेको पनि हल्ला छ ।

केहि समयअघि उनले छोरीलाई सेल्फी लिनबाट समेत बन्देज गराएकी थिइन् । उनलाई केटा साथीसँग फोटो क्लिक गर्न पनि नदिइएको हल्ला छ ।

अहिले उनको इलुइलु इशान खट्टरसँग छ भनिएको छ । इशान शाहिद कपुरको भाई पर्छन् । त्यसो त जान्ह्वी कपुर र ईशान खट्टर एकसाथ फिल्ममा देखिदैछन् । उनीहरुलाई करण जोहरले फिल्ममा लिएका हुन् । ‘धडक’ नामक उक्त फिल्ममा जान्ह्वीसँग ईशानले रोमान्स गर्नेछन् ।

हलै मात्र ईशानले जान्ह्वीका लागि अमेरिकाबाट सरप्राइज गिफ्ट खरिद गरेर ल्याएका छन् । गिफ्ट के छ ? त्यो भने खुलासा भएको छैन ।

Logo