अष्ट्रेलिया, २३ पुस
केन्द्रविन्दु समाचारदाता

मायालु इन्टरटेन्मेनको आयोजनामा भएको एक सांगितिक कार्यक्रममा गायक प्रमोद खरेलले अष्ट्रेलिया तताएका छन् । "/>

प्रमोदको गायनमा झुम्यो अष्ट्रेलिया

प्रमोदको गायनमा झुम्यो अष्ट्रेलिया

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलिया, २३ पुस
केन्द्रविन्दु समाचारदाता

मायालु इन्टरटेन्मेनको आयोजनामा भएको एक सांगितिक कार्यक्रममा गायक प्रमोद खरेलले अष्ट्रेलिया तताएका छन् । त्यहाँ आयोजित कार्यक्रममा खरेलले मेरो दिल छ पोखरामा देखि भर्खरै बजारमा आएको उनको दन्तैमा सम्मका करिव १ दर्जन भन्दा वढी गितहरु गाएका थिए ।

उनलाई हजारौं दर्शक तथा स्रोताहरुले साथ दिएका थिए । खरेललाई लोकगायिका सम्झना लामिछाने र प्रकाश सपुतले साथ दिएका थिए । नेप्को इन्टरटेन्मेनले सर्पोट गरेको कार्यक्रम डिसेम्बर ३० मा सिड्नीमा भएको थियो । त्यस्तै ३ जनवरीमा विसबेनी र ६ जनवरीमा मेलबोर्नमा भएको थियो ।

यस्ता कार्यक्रमका लागि गायक खरेल बेला बेलामा अष्ट्रेलिया पुगिरहने गरेका छन् । त्यहाँको पछिल्लो कार्यक्रम एकदमै रमाइलो र अविष्मरणिय रहेको उनले प्रतिक्रिया दिए । कार्यक्रम सकेर उनी भोली नेपाल फर्कदै छन् ।

Logo