‘डा. गुलाटी’ काठमाडौँमा, शुक्रबारको साँझ हेमन्त राना, स्वस्तिमा खड्कासँग

‘डा. गुलाटी’ काठमाडौँमा, शुक्रबारको साँझ हेमन्त राना, स्वस्तिमा खड्कासँग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २१ पुस ।

‘द कपिल शर्मा शो’ का डा. महसुर गुलाटी नेपाल आएका छन् । भारतीय चर्चित कमेडियन शुनील ग्रोवर नेपाल आएका हुन् ।

बिहिबार राजधानी काठमाडौँ पुगेका उनले हिजोनै पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनले पशुपतिमा एक बाबासँग उभिएको तस्विर आफ्नो आधिकारिक इन्स्टाग्राम मार्फत सार्वजनिक गरेको छन् । गुलाटी शुक्रवार साँझ राजधानीमा आयोजना हुने एक कार्यक्रममा सहभागि हुनेछन् ।

तस्बिरका साथ उनले आफु नेपाल भएको जानकारी दिएका छन् । उनले एक बाबासँग सार्वजनिक गरेको तस्बिरमा निधारमा रातो चन्दन र घाँटीमा रुद्राक्षको माला देख्न सकिन्छ ।

गजिनी, बागी, हिरोपन्थी, कफि विथ डी लगायतका बलिउड फिल्ममा समेत काम गरेका सुनिलले शुक्रवार काठमाडौंमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति राख्नेछन् ।
उनीसँगै नेपाली कलाकारहरु गायक हेमन्त राना, नायिका स्वस्तिमा खड्काले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

कमेडियन कपिल शर्मासँगको झगडाका कारण ‘द कपिल शर्मा शो’बाट बाहिरिएका उनी फेरि कपिलका साथ नै सोनीको कार्यक्रममा देखिने चर्चा चलेको छ ।

Logo