विराट र अनुष्काले मेरो ब्रान्डको कन्डम प्रयोग गरुन्

विराट र अनुष्काले मेरो ब्रान्डको कन्डम प्रयोग गरुन्

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, १४ पुस । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले धुमधामसंग यूरोपमा विवाह गरे । अहिले उनीहरु मुम्बईमा विवाहको पार्टी दिएर दक्षिण अफ्रिकातिर हनिमुन मनाउन लागेका छन् । उनीहरुको विवाहको तामझाम र चर्चा भएको देखेर कन्ट्रोभर्सी क्विन राखी सावन्तले उनीहरुलाई लक्षित गर्दै बोलेको कुरा चर्चामा आएको छ ।

राखीले हालै एक कण्डम ब्रान्ड सार्वजनिक गरेकी थिइन् । त्यसको नाम वि–ब्वाई हो । यसैको प्रेस सम्मेलनमा उनले भनिन्– विराट र अनुष्का सबैभन्दा आकर्षक दम्पती हुन् । उनीहरुले भर्खरै बिवाह गरेका छन् । म आफ्नो ब्रान्डको कन्डोम उनीहरुलाई गिफ्ट गर्न चाहन्छु । म चाहन्छु कि उनीहरुले यो प्रयोग गरेर त्यसको फिडब्याक पनि दिउन् ।

राखिले भनिन्– मेरो कन्डोम विशेष किसिमको छ । किनभने यति धेरै फ्लेवरमा बजारमा ल्याउने हामी नै पहिलो कम्पनी हौं । यसलाई प्रयोग गरेर तपाई आफ्नो मनपर्ने टेस्टलाई आफ्नो यौन जीवनमा सामेल गर्न सक्नुहुन्छ । अधिक आनन्द दिने डर्टेट कन्डोम पनि हामीले उत्पादन गरेका छौं ।

आफ्नो कण्डमलाई बिराट–अनुष्कासंग जोडेर चर्चामा ल्याउन राखी त्यत्तिकै कहाँ रोकिन्थिन् र ? उनले बावा रामदेवलाई पनि छाडिनन् । उनले पतञ्जलीले पनि कण्डाम बनाउनुपर्ने वताइन् । ताकि, आफ्नो प्रतिस्पर्धी मिलोस् । एजेन्सी

Logo