गायिका कोमल वलीले सार्वजनिक गरिन् आफ्ना १८ प्रतिबद्धता

गायिका कोमल वलीले सार्वजनिक गरिन् आफ्ना १८ प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १३ पुस । गायिका कोमल वलीले सन् २०१८ मा आफुले गर्ने १८ वटा प्रतिबद्धताहरुलाई सामाजिक संन्जाल मार्फत् सार्वजनिक गरेकी छिन् ।
गायिका वलीले आफ्नो प्रतिबद्धतामा आफ्नो ब्यक्तिगत स्वास्थ देखि सामाजिक काममा विताउने प्रण गरेकी छिन् । वलीका १८ प्रतिबद्धताहरु:

नयाँ वर्ष सुरुवात हुँदै गर्दा म केही प्रतिबद्धता सार्वजनिक रुपमा गर्न चाहन्छु :

१. यो वर्ष म कम्तिमा पनि १८ वटा पुस्तक (फिक्सन र ननफिक्सन) पढ्ने छु र पढ्ने कार्य प्रोत्साहन गर्न साथि तथा इष्टमित्रहरुलाई उपहारमा पुस्तक दिने छु ।

२. यो वर्ष म कुनै पनि बिषयमा धारणा बनाउँदा सन्दर्भ र तर्कसहित पक्ष वा विपक्षको वकालत गर्ने छु ।

३. यो वर्ष म शिक्षाबाट वन्चित १८ जना साना बालबालिकाहरुलाई पढ्ने व्यवस्था मिलाउनेछु ।

४. यो वर्षभित्र म मेरो गृह जिल्ला दाङमा कम्तिमा ३ ठाउँमा लाइब्रेरी स्थापना गर्न सहयोग गर्ने छु ।

५. कुनै पनि सर्वजनिक काम गर्दा होस् या अन्य समयमा म आर्थिक पारदर्शिताको वकालत गर्ने छु । आफू पनि आर्थिक रुपमा पारदर्शी हुने छु ।

६. स्वास्थ्यलाई असर गर्ने धुमपान तथा मध्यपान छोड्न सबैसँग आग्रह गर्नेछु ।

७. मेरो गृह जिल्ला दाङमा आम मानिसका समस्याबारे छलफल गर्ने र सम्बन्धित निकायलाई जवाफदेहि बनाउन पैरवी गर्ने छु । दाङको विकासकालागि समर्पित रहनेछु ।

८. मुलुकलाई समृद्ध बनाउन मेरो तर्फबाट मैले गर्नु पर्ने सम्पुर्ण दायित्व (कर तिर्ने, सरसफाइमा ध्यान दिने, स्वास्थबारे सचेतना फैलाउने) म समयमा नै पूरा गर्ने छु । मेरो दायित्व पूरा गरेर म अधिकार माग्ने छु ।

९. समृद्ध नेपालको यात्रालाई अझ सहयोग गर्न आफू सहज बन्छु ।

१०. राजनीतिमा आफ्नो यात्रा तय गरिसकेकाले अब मेरो प्रमुख उद्देश्य समाज सेवा हुने छ । समाज सेवाका लागि म अहोरात्र खटिने छु । देश राम्रो बनाउन अब म पुर्ण रुपमा लाग्ने छु ।

११. म कुनै पनि विषयलाई राजनीतिक आँखाबाट मात्र हेर्ने छैन । आफ्नो पार्टीले गरेको सबै ठिक, अरुले गरेको सबै बेठिक भन्ने छैन । यसको अर्थ सामाजिक काममा पार्टी पहिला अनि काम भन्ने छैन, काम पहिलो प्राथमिकता हुनेछ ।

१२. हाम्रो समाजमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोण बलियो भैसकेको छैन, दाङ र देशका अन्य भागका महिलाको सशक्तिकरणमा म समय दिने छु ।

१३. म स्वच्छ प्रतिस्पर्धामा मात्र बिश्वास गर्ने छु । आफ्नो र हाम्रोभन्दा राम्रो र सवललाई अगाडी बढाउन पैरवी गर्ने छु ।

१४. म तपाईंहरु सबैका सिर्जनात्मक आलोचना र प्रतिक्रिया, सल्लाह र सुझावको मनन गर्ने छु । आफुलाई तपाईंहरुको मर्गदर्शनमा अगाडि बढाउने छु । मलाई राम्रो हेक्का रहनेछ, राजनीतिमा म आउनुको कारण नै तपाईंको कुरा सुनेर त्यस अनुरुप गर्नु हो ।

१५. म सामाजिक सन्जालमा जे पायो त्यही लेख्ने छैन, प्रोपोगाण्डा र ट्रोलहरुबाट टाढा रहनेछु । सधैं सकारात्मक सोच्ने छु । सकारात्मक सोचको विकास र समग्र जिल्लाको विकासका लागि यो वर्ष म अधिकांश समय दाङमा बिताउने छु ।

१६. गीत संगीतको विकासमा सहयोग गर्न छाड्ने छैन । यसको प्रबर्द्धनकालागि सदा समर्पित हुनेछु । कलाकारहरुको दुखसुखको साथी बन्नेछु ।

१७. म बाटोमा गाडी चलाउँदा पहिलो प्राथमिकता पैदल याात्रीलाई दिनेछु ।

१८. शरीर फिट र फाईन राख्न दिनहुँ ब्यायाम र योग गर्नेछु ।

सन् २०१८ भएकाले अहिले १८ वटा प्रतिबद्धता लेखेँ । तर गर्नु पर्ने काम थुप्रै छन्, ती सबै कामको विषयमा सार्वजनिक रुपमै सार्वजनिक गर्दै जानेछु । आउनुस, मैले त गरे यी प्रतिबद्धता, तपाईं पनि गर्नुहोस । सुन्दर भविष्य निर्माणमा हामी सँगै अगाडि बढौँ ।

Logo