‘डर्टी पिक्चर’की वास्तविक अभिनेत्री, जसले यसकारण आत्माहत्या गरिन्

‘डर्टी पिक्चर’की वास्तविक अभिनेत्री, जसले यसकारण आत्माहत्या गरिन्

केन्द्रबिन्दु
0
Shares

सिल्क स्मिता दक्षिण भारतीय फिल्मकी अभिनेत्री हुन् । उनलाई कमैले चिन्छन् । जबकि उनको जीवनमा आधारित फिल्म पनि बनेको छ । विद्या बालनले अभिनय गरेको ‘डर्टी पिक्चर’ उनै सिल्क स्मिताको जीवनमा आधारित छ ।

उनी आफ्नो जमानाकी कामुक एवं हट हिरोइन थिइन् । उनी त्यसबेला यति हिट थिइन, रजनीकान्तदेखि कमल हासनसम्मका सुपरस्टार उनलाई आफ्नो फिल्ममा लिन चाहन्थे । त्यही कारण सिल्क स्मिताले १० वर्षमा ५ सय फिल्मको रेकर्ड बनाइन् ।

उनको लोकप्रियता कतिसम्म थियो भने, निर्देशकहरु एउटै मात्र गीतमा भए पनि सिल्क स्मितालाई राख्न चाहन्थे । यस्तो अवस्थामा उनी एकै दिनमा तीन–तीन सिफ्टमा काम गर्थिन् । उनी एक गीतका लागि त्यसबेला भारु पचास हजार रुपैयाँसम्म लिने गर्थिन् । 

फिल्मी जीवन त निकै चमकदमकपूर्ण थियो । तर उनको वास्तविक जीवन भने साह्रै निरसलाग्दो थियो । फिका थियो । उनी एकदमै गरिब परिवारबाट उठेकी अभिनेत्री थिइन् । त्यसैले उनले पढाइलाई निरन्तरता दिन सकिनन् । चार कक्षासम्म मात्र पढिन् ।

पछि उनले निकै दुःखसाथ आफ्नो करियर बनाइन । फिल्मबाट नाम र दाम कमाइन् । उनले निर्मात्री बनेर केही फिल्ममा पैसा लगानी गरिन् । त्यो पैसा बालुवामा पानी सरह भयो । फिल्ममा लागेको घाटाले उनलाई मानसिक रोगी बनायो । यसैबीच एकदिन उनलाई सिलिङको पंखामा झुन्डिएको अवस्थामा भेटियो । त्यसबेला उनको उमेर ३५ वर्षको मात्र थियो । एजेन्सी

 

Logo