हेर्नु भयो, ९० लाख मोलको मूर्ति ? (भिडियो रिपोर्ट)

हेर्नु भयो, ९० लाख मोलको मूर्ति ? (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ७ पुस ।
एउटा मूर्तिको मूल्य कतिसम्म हुन्छ ? यसको ठ्याक्कै जवाफ कसैसँग छैन र हुँदैन पनि । किनभने कलाकारले आफ्नो सृजनाको मूल्य जति लेखेर टाँसेको हुन्छ, त्यही नै मूर्ति वा सृजनाको अन्तिम मोल मानिन्छ । केही दिनदेखि बबरमहल स्थित आर्ट काउन्सिलमा प्रदर्शनरत एउटा मूर्तिको मोल यसैगरी कलाकारले राखेर बसेका छन् । उनको एउटा मूर्तिको मूल्य ९० लाख रहेको छ ।
यही मूर्ति हो, जसको मोल ९० लाख रहेको छ ।

पछिल्लो समय नेपाली मूर्तिकला क्षेत्रमा चर्चा चलेको नाम हो श्याम कृष्ण श्रेष्ठ । मूर्तिकलालाई आफ्नो विषय बनाएका श्रेष्ठकै मूर्तिको मोल ९० लाख रहेको छ । मूर्तिकार श्रेष्ठले ललितकलामा स्नातकोत्तर गरेका छन् ।

मूर्तिकलाको औपचारिक अध्ययन सकेपछि श्रेष्ठले निरन्तर मूर्ति बनाउन समय खर्चिदै आएका छन् । अहिले उनले २२ वटा मूर्ति तयार पारेका छन् । एउटा मूर्ति बनाउन तीन दिनदेखि दश महिनासम्म लाग्ने गरेको श्रेष्ठको अनुभव छ ।
प्रदर्शनमा राखिएको मूर्तिहरुमा ‘महादेव’ सबैभन्दा ठुलो मूर्ति रहेको छ । यो मूर्तिको मूल्य ९० लाख रहेको छ । तर, मूल्य भने उनले टाँसिहालेका छैनन् । मूल्य नटाँसिएका मूर्तिको मूल्य मूर्तिकार आफैंले मौखिक रुपमा वताउने गरेका छन् । यसैगरी सबैभन्दा कम मूल्यको मूर्ति २० हजारको रहेको छ ।

उनले चार वर्ष लगाएर बनाएका २२ वटा मूर्तिहरु काठमाडौंको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलको ग्यालरिमा प्रदर्शनको क्रममा छन् ।

मूर्तिकार श्रेष्ठले प्रदर्शनमा परम्परागत मूर्तिलाई पनि आधुनिकतामा झल्काएका छन् । यस क्रममा उनले परम्परागत शिवको मूर्तिलाई आधुनिकताको रुप दिएका छन् । प्रदर्शनीमा उनले बनाएका मूर्तिका नाममा अमूल्य थोपा, अनुनय, मौलिकता, महादेव, दिन रात, प्रसव, उत्सुकताको पर्खाइ आदि रहेका छन् ।

भिडियो हेर्नुहोला

Logo