भद्रगोलका बले र कक्रोजको रक्षा र जुनासँग यस्तो रोमान्स (भिडियोसहित)

भद्रगोलका बले र कक्रोजको रक्षा र जुनासँग यस्तो रोमान्स (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, ७ पुस । हास्य टेलि सिरियल भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) ले अर्का कलाकार रक्षा श्रेष्ठ र जुना सुन्दाससँग रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ । गायक किरण भुजेलको गीतमा उनीहरुले रोमान्स गरेका हुन् ।

‘माया मै सँग लाइदेउ न’ बोलको गीतमा बले र कक्रोजको प्रेमिकाका रुपमा रक्षा र जुनाले भूमिका निभाएका छन् । गीतमा किरण भुजेल र मेलिना राईको स्वर रहेको छ । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा (स्माइल)को संगीत छ ।

युवराज वाइबाले निर्देशन गरेको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ ।
 

Logo