प्रमोद खरेलको नयाँ गीत ‘दन्तैमा…’ सार्वजनिक (भिडियोसहित)

प्रमोद खरेलको नयाँ गीत ‘दन्तैमा…’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ४ पुस ।

आधुनिक नेपाली सुगम गायन धारका लोकप्रिय युवा गायक प्रमोद खरेलको नयाँ गीत ‘दन्तैमा…’ आज मंगलबार सार्वजनिक भएको छ । यो नयाँ गीत गायक खरेलको आफ्नै अफिसियल युट्युब च्यानल ‘सिङ्गर प्रमोद खरेल’ बाट आज अपरान्ह रिलिज भएको हो ।

यो गीतका कम्पोजर शंकर स्माइल हुन् भने गीतको रचना डिपी खनालले गरेका हुन् । दीक्षा क्रियसनको प्रस्तुति रहेको यो गीतमा सुनील क्षेत्री, प्राञ्जली सापकोटा र नेपाली ठिटोजको जीवन्त एवम् आकर्षक अभिनय रहेको छ । अभिनयका साथै नेपाली ठिटोजले यस गीत–अभिनयमा कोरियोग्राफी पनि गरेको छ भने यसलाई सुनील क्षेत्रीले निर्देशन गरेका छन् ।

‘झुम्कावली’, ‘लाइ देउ न मायाले’ भन्दा फरक प्याटर्नमा रहेको भनिएको यो गीत डान्सिङ बिटमा आधारित रहेको छ जसले स्रोताहरूलाई झुम्न विवश पार्नेछ । काठमाडौंको सुन्धारा र सातदोबाटोस्थित एन्फा कमप्लेक्समा छायांकन गरिएको यस गीतमा डान्स गर्दै दर्शक स्रोता मज्जाले रमाउन सक्ने उनी बताउँछन् ।

 

 

आधुनिक संगीतमा आफूलाई स्थापित गर्न सफल गायक प्रमोद खरेल करिब एक दशक यता लोकप्रिय गायकका रूपमा सु–परिचित छन् । चलचित्र ‘पल पलमा’ को ‘यो अँगालोभरिको माया…’ मार्फत चलचित्रमा पाश्र्व गायनसमेत थालेका खरेलले करिब एक सयभन्दा बढी चलचित्रका दुई सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।

स्वदेश तथा विदेशका कन्सर्टमा उत्तिकै सक्रिय खरेल हरेक कार्यक्रममा आफ्ना एक दर्जन बढी लोकप्रिय गीत प्रस्तुत गर्छन् । प्राप्ति, सेन्टिमेन्ट्स, प्रणय, प्रवेग, निर्झरी तथा हंगामालगायतका आधा दर्जनभन्दा बढी एकल एल्बम बजारमा ल्याइसकेका खरेल म्युजिक भिडियोमा पनि संगसंगै काम गरिरहेका छन् ।

 

 

Logo