प्रमोद खरेलको दन्तैमा आज सार्वजनिक हुँदै

प्रमोद खरेलको दन्तैमा आज सार्वजनिक हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं, ४ पुस ।

नेपाली आधुनिक सुगम धारका गायक प्रमोद खरेलको नयाँ गीत दन्तैमा आज रिलिज हुँदैछ । दीक्षा क्रियशनको प्रस्तुती रहेको गीतको कम्पोजर शंकर स्माइल र रचना डिपी खनालको रहेका छन् ।

यो गीतमा सुनील क्षेत्री, प्राञ्जली साप्कोटा र नेपाली ठिटोजको फिचरिङ रहेको छ । गीतमा सुनिल क्षेत्रीले निर्देशन गरेका छन् ।

प्रमोदको यसअघिको गीत लाइदेउन मायाले पनि सुनील क्षेत्रीले नै निर्देशन गरेका थिए । सुनील भारतीय चर्चित टेलिभिजन रियालीटी शो डान्स इन्डिया डान्स सिजन ४ का प्रतिस्पर्धी हुन् । उनले नेपालमै आएर नेपाली ठिटोज नामको समूह डान्स स्थापित गरिसकेका छन् ।

फरक–फरक धारका गीत ल्याएर चर्चामा रहेका प्रमोदले यो भिन्न खालको गीत रहेको बताएका छन् । काठमाडौंको सुन्धारा आसपासमा छायांकन गरिएको गीतमा डान्समा मज्जाले रमाउन सकिने उनको भनाइ छ ।

Logo