‘चिसो भञ्ज्याङ’ पुष ७ देखि मन्चन हुने

‘चिसो भञ्ज्याङ’ पुष ७ देखि मन्चन हुने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, १ पुष । नाटकप्रति झुकाव राख्ने सम्पूर्ण दर्शकका लागि काठमाडौँको अनामनगरमा रहेको मण्डला नाटकघरमा फेरि नयाँ नाटक मन्चन हुने नाटकका निर्देशक सन्दिप श्रेष्ठले बताए । काठमाडौँमा नाटक ‘’चिसो भञ्ज्याङ’’ पुष ७ देखी संचालन हुने भएको छ ।

उनले नाटकप्रति झुकाव राख्ने सम्पूर्ण दर्शकका लागि यो नाटकको मन्चन गरिएको हो । यो नाटक प्रशिद्ध बेलायती उपन्यास अटोनमेन्टमा आधारित रहेको छ । नाटक पुष ७ देखी ३० गतेसम्म हरेक दिन ४ ः ४५ बजे एउटा सो हुनेछ भने । सोमबार बाहेक शनिबारका दिन १े र ४ ः४५ बजे २ वटा सो हुने आयोजकले जनाएको छ । यो नाटकमा मानव जीवनलाई हुबहु प्रस्तुत गर्ने गरि कलाकारहरु अभिनय गर्ने आयोजकले जनाएको छ ।

पछिल्लो समयमा नाटक हेर्ने दर्शकको संख्या बढ्दै गएको पनि पाईन्छ । रंगकर्मीहरुका लागि यो खुशीको कुरा रहेको निर्माण पक्षले जानकारी दिएको छ । नाटकमा कलाकारहरु सगुन पोख्रेल ,अनुप न्यौपाने, रोशन सुवेदी, सबिना गोपाली, पुजा लामा, दिपिका ढकाल, बारात लिम्बू , विकाश पन्त, सन्जिब राई, , समापिका गौतम, उदय, बेघा लिम्बू, विवेक रसाइली लगायतका पात्रहरुको मुख्य अभिनय रहने आयोजकले जनाएको छ । नाटकलाई निर्देशक सन्दिपले नै लेखेका हुन् ।

Logo