नायक शिव श्रेष्ठ र जर्मनी निवासी नायीका कमला दाहालको रोमान्स (हेर्नुहोस् भिडियो)

नायक शिव श्रेष्ठ र जर्मनी निवासी नायीका कमला दाहालको रोमान्स (हेर्नुहोस् भिडियो)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, १ पुष । सदाबहार नायक शिव श्रेष्ठ र जर्मनी निवासी नायीका तथा समाजसेवी कमला दाहालको अभिनय रहेको एक भिडियो सार्वजनिक भएको छ ।

डा. नबी अधिकारी (टकिन्द्र),संगीतकार शक्तिबल्लभको संगीतमा गायिका अन्जु पन्तद्वारा स्वरबद्द गीत “हिजो माया घामको छॉया” युटुबमा सार्बजनिक गरिएको हो । यस गीतमा  वरिष्ठ नृत्य निर्देशक राजु शाहद्वारा निर्देशन गरिएको छ ।

यस गीतमा छॉयॉकार दिव्यराज सुवेदी सम्पादक अक्की शर्मा,श्रींगार सरोज पाण्डे ,केश सज्जा विमला खतिवडा, प्रस्तुतकर्ता डा. मन्दिरा अधिकारी रहेका छन् | यस गीत लाई एभर ग्रिन वल्ड वाईड ईन्टरटेनमेन्ट प्रा.लि.द्वारा पोष्ट प्रोडक्सन गरिएको हो भने धुलिखेलका विभिन्न रमणीय स्थलहरुमा छॉयांकन गरिएको र एऊटा राम्रो गीत बनेको कुरा कलाकार एंव ब्यवस्थापक गोपाल ढकाल (छन्दे)ले जानकारी गराएका छन् ।

Logo