महाभारतकी ‘कुन्ती’ आर्थिक अभावसँग जुझ्दै

महाभारतकी ‘कुन्ती’ आर्थिक अभावसँग जुझ्दै

केन्द्रबिन्दु
0
Shares

मुम्बई, २९ मंसिर ।

बलिउड अभिनेता अभिनेत्रीको पारिश्रमिक सुनियो भने हामी आश्चर्यले जिब्रो टोक्न बाध्य हुन्छांै । आमिर खान, सलमान खान आदिले एउटा फिल्ममा अभिनय गरेको एक अर्ब रुपैयाँ बढी लिन्छन् । तर, त्यही कलाकारिता गर्ने कतिपय कलाकार भने उपचारका लागि १६ लाख रुपैयाँ जुटाउन नसक्ने पनि छन् ।

कुरा हो, जया भट्टाचार्यको । उनी आर्थिक रुपले यति नाजुक छिन्, आमाको उपचारका लागि गुहार माग्दै हिँडिरहेकी छिन् । उनकी आमा अस्पतालमा भेन्टिलेटरमा छिन् ।

आमाको उपचारका लागि उनले भारु १० लाख रुपैयाँ निकाल्नुपर्छ । तर यो पैसा उनीसँग छैन । त्यसैले उनले आफ्ना नजिकका साथीसँग सहयोग मागिरहेको खबर छ ।

टेलिभिजन शो ‘कहानी हमारे महाभारत की’ मा अभिनय गरेकी हुन् जयाले । उनले त्यसमा कुन्तीको भूमिका खेलेकी थिइन् ।

उनले क्योँ कि सास भी कभी बहू थी, कसम से, पलचिन, केसर, हातिम जस्ता तीसभन्दा बढी टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।

साथै फिजा, सिर्फ तुम, देवदास, लज्जा, जस्ता फिल्ममा पनि अभिनय गरेकी छिन् । तर पनि उनी आर्थिक रुपले निकै कमजोर छिन् । (एजेन्सी)

Logo