विराटले यस्तो कारमा राखेर अनुष्कालाई हुँइक्याउनेछन्

विराटले यस्तो कारमा राखेर अनुष्कालाई हुँइक्याउनेछन्

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली, २८ मंसिर ।

ग्ल्यामर जोडी अनुष्का शर्मा र विराट कोहली अब बिवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले इटालीको मिलान शहरमा बिवाह गरेका हुन् । सबैलाई थाहै छ, विराटले विश्वमै आफ्नो ब्रान्ड बनाएका छन् । उनी टीम इन्डियाका कप्तान हुन् । क्रिकेटर विराटकी जीवनसंगी अनुष्का पनि बलिउडकी हट अभिनेत्री हुन् । थुप्रै हिट फिल्म दिएकी छिन्, उनले ।

त्यसो त विराट लक्जरी लाइफस्टाइलका लागि पनि चर्चित छन् । उनको कार कलेक्सन नै करिब २० करोडको छ । विराटको फेवरेट कार हो औडी । उनी यसको ब्रान्ड एम्बासडर पनि हुन् । विराटसँग कुल ६ वटा कार छ, जसमध्ये चार वटा त औडी नै छन् । उनीसँग डस्ट र टोयोटाको फच्र्युनर पनि छ ।

– विराट भारतमा टोयोटाको ब्रान्ड एम्बासडर हुन् । कम्पनीसँग जोडिएकाले गर्दा उनलाई टोयोटा फच्र्युन गिफ्ट मिलेको थियो ।

– डस्टर कार विराटलाई २०१२ मा श्रीलंका टुरमा म्यान अफ द सिरिज अवार्ड जितेपछि प्राप्त भएको थियो ।

– यसका साथै उनको कलेक्सनमा औडी एस ६, औडी क्यु ७, औडी आर ८ एलएमएक्स, औडी ए एट एल, औडी आरएस ६ छन् ।

– विराटसँग औडी आर एट पनि थियो, तर यसलाई बिक्री गरेर उनले लिमिटेड एडिसनको औडी आर एट एलएमएक्स लक्जरी कार खरिद गरे ।

    (एजेन्सी)

Logo