बिहेको खुल्दुली मेटाउन हेमन्त शर्माले ल्याए ‘डम डम डम’ (हेर्नुहोस भिडियो)

बिहेको खुल्दुली मेटाउन हेमन्त शर्माले ल्याए ‘डम डम डम’ (हेर्नुहोस भिडियो)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, २७ मङ्सिर ।

मङ्सिरको महिना धेरैको घरजम हुन्छ । बिहे गर्ने उमेर पुगेका अधिकांशको घरमा बिबाहको चियोचर्चा हुन्छ । बिहे गरि घरजममा रमाइरहेका र बिहेपछि के होला कसो होला भनेर कौतुहलता मानिरहेकाहरुका लागि गायक हेमन्त शर्माले ‘डम डम डम’ नामक कोसेली ल्याएका छन् ।

श्यामश्वेत रसाइलीले संगीत संयोजन गरेको यो गीतमा गायक शर्माकै शब्द तथा संगीत छ । एउटा पृथक शैलीको यो गीतको गायक शर्माले आफ्नै निर्देशनमा म्युजिक भिडियो तयार पारेका हुन् । 

भिडियोमा अभिनेत्री प्रियंका कार्की, दुर्गेश थापा तथा केशव ज्ञवालीले अभिनय गरेका छन् । म्युजिक भिडियोको एक जोडी जर्मन नागरिकले पनि अभिनय गरेका छन् । भिडियोमा शिव बिकको कोरियोग्राफी छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।

हेर्नुहोस भिडियो 

 

Logo