‘दंगल गर्ल कान्ड’ मा आयो यस्तो ट्विस्ट

‘दंगल गर्ल कान्ड’ मा आयो यस्तो ट्विस्ट

केन्द्रबिन्दु
0
Shares

मुम्बई, २७ मंसिर ।

बलिउड चलचित्र दंगल फेम अभिनेत्री जायरा वसीमलाई हवाइयात्राको क्रममा भएको दुव्र्यवहारबारे विस्तारा एयरलाइन्सले आफ्नो रिपोर्ट बुझाएको छ ।

रिपोर्ट अनुसार जायराले भनेजस्तो घटना भएको थिएन । खासमा ती व्यक्ति एकजना बिजनेसमेन थिए । उनको नाम विकास सचदेवा हो । उनले क्याबिन क्रुसँग कम्बल मगाए र आफूलाई कुनै बाधा नगर्नु भन्दै सुतेका थिए । उनले खाना पनि खाएनन् । पूरा यात्राभर कम्बल ओडेर सुतिरहे ।

त्यही क्रममा अनायासै जायरा चिच्याउन थालिन् । क्याबिन क्रुले जायरासँग कुरा गर्न चाहे । तर, उनी त्यहाँबाट हिँडिन् । त्यसपछि क्रुले जायराकी आमासँग घटनाका बारेमा सबै कुरा सुने, सुनाए ।

भनिहालौं, केही समयअघि जायराले फ्लाइटमा आफूमाथि दुव्र्यवहार भएको बताएकी थिइन् । इन्स्टाग्राममा उनले रुँदै यो कुरा सुनाएकी थिइन् । तर, अहिले उनको आरोपमाथि नै शंका गर्न थालिएको छ । दिल्लीबाट मुम्बईको यात्रा गर्ने क्रममा आफूमाथि त्यस्तो दुव्यर्वहार भएको उनको आरोप थियो । उनको आरोप अनुसार प्रहरीले आरोपीलाई पक्राउ गरेका थिए । एजेन्सी

Logo