अनुष्का शर्माले आफ्नो बिहेमा किन सलमान खानलाई निम्तो दिइनन् ?

अनुष्का शर्माले आफ्नो बिहेमा किन सलमान खानलाई निम्तो दिइनन् ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २६ मंसिर ।

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीको हिजो सोमबबार विवाह भएको छ। दुई फरक क्षेत्रका यी दुई सेलिब्रेटी विवाह गर्नका लागि इटाली पुगेका थिए।

अन्ततः अभिनेत्री अनुष्का र क्रिकेटर कोहली लामो प्रेम सम्बन्धको ह्याप्पी इन्डिङ गर्ने चरणमा पुगे । अनुष्का–विराट प्रेमकथा बलिउडमा लुकेको थिएन । खुलम खुला प्यार गर्दै आएका अनुष्का–विराटको प्रेम यसकारण पनि चर्चायोग्य रह्यो, उनी भारतीय क्रिकेट टोलीका कप्तान की प्रियसी हुन् । बिराट र अनुष्का दुबै ग्ल्यामर जोडी हुन् ।

सोमबार विवाहपछि फोटो सामाजिक सञ्जाल ट्विटरमा राख्दै कोहलीले लेखेका छन्, ‘आज हामी दुई एकदोस्रोको मायामा अनन्तकालसम्मका बाँधिइरहने कसम गर्छौं। हामी यो खबर तपाईंहरुमाझ बाँड्दा धेरै खुसी छौं र आशिर्वाद पाएको महसुस गर्दैछौं।’ कोहलीले अगाडि लेखेका छन्, ‘परिवार र समर्थकहरुको मायाले यो दिन हाम्रालागि अझै खुसीमय भएको छ। हाम्रो जीवन यात्राको अधिकांश महत्वपूर्ण हिस्सा भएकोमा सबैलाई हार्दिक धन्यवाद।’

विराट र अनुष्काले सामाजिक सञ्जालमा राखेका फोटोहरुमा एकअर्काको गलामा माला पहिर्‍याइरहेको र विवाह मण्डपमा बसिरहेका साथै उपस्थितहरुसँग रमाइलो गरिरहेको देखिएको छ। यो विवाह इटालीको टस्कनीको एक रिसोर्टमा भएको हो।

यी दुईले पञ्जावी रितिरिवाज अनुसार विवाह गरेका हुन्। विवाहमा विराट र अनुष्काका परिवारका सदस्य र घनिष्ट मित्रहरुलाई मात्रै निमन्त्रणा गरिएको थियो। विराट र अनुष्काले विवाहको खुसीयालीमा २१ डिसेम्बरमा पार्टीको आयोजना गर्ने बताएका छन्। उक्त पार्टीमा भारतीय क्रिकेट र फिल्म क्षेत्रका हस्तीहरुको उपस्थिति हुने बताइएको छ।

त्यसलगत्तै विराट र अनुष्का हनिमुन मनाउन दक्षिण अफ्रिका जाने बताइएको छ। जहाँ उनीहरु नयाँ वर्ष पनि मनाउने छन्। यो जोडीलाई विभिन्न स्वनामधन्य व्यक्तित्वहरुले बधाई दिइरहेका छन्।

बिहेमा बलिउडस्टारलाई निम्तो दिइएको थियो । क्रिेकटर पनि छुट्ने कुरा भएन । अनुष्काले आफ्नो बिहेमा शाहरुख खान, आमिर खानलाई निम्तो गरिन् । रणबीर कपुर, क्याटरिना कैफ, करण जौहर, आदित्य चोपडा उनको पाहुनाको सूचीमा थिए । तर, उदेगलाग्दो कुरा चाहिँ के भने उनले सलमान खानलाई निम्त्याइनन् । (एजेन्सीको सहयोगमा)

 

Logo