दंगल गर्ललाई कसले गर्‍यो यस्तो दुब्र्यवहार

दंगल गर्ललाई कसले गर्‍यो यस्तो दुब्र्यवहार

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, २५ मंसिर । दंगल गर्ल जायरा वसीमलाई हवाइ जहाजमा दूब्र्यवहार गरेको घटना बाहिर आएको छ । जायराले आफ्नो इन्स्टाग्राममा यो घटनाको भिडियो पोस्ट गरेकी छिन् । भिडियोमा उनी रुँदै आफ्नो पिडा सुनाएकी छिन् । उनले हवाई यात्राको क्रममा पछाडि बस्ने एक यात्रुले गलत हर्कत गरेको बताएकी छिन् ।

दंगालमा आमिर खानको छोरीको भूमिकामा देखिएकी जायराले भिडियो जारी गर्दै भनेकी छिन्, ‘मेरो सिट पछाडि बस्ने व्यक्तिले मेरो हात राख्ने ठाउँमा खुट्टा राखेको थियो ।
त्यसले मेरो काँध र गर्दनमा टच गर्‍यो । जब मैले उजुरी गरें उनले टब्र्युलेन्स भएको बतायो । तर, पछि उसले त्यो हर्कत दोहोर्‍यायो । उसले नियतवस त्यसो गरेको थियो ।’

हुन त उनले आफुमाथि भएको दुब्र्यबहारवारे क्रु मेम्बरलाई भनेकी थिइन् । तर, उनलाई कुनै सहयोग मिलेन । यस बिषयलाई लिएर मुम्बई प्रहरीमा उजुरी परेको छ । उक्त अज्ञात यात्रुको विरुद्धमा उजुरी दर्ता भएको छ । यदि उक्त यात्रुले त्यसरी दुव्र्यवहार गरेको पाइएमा उनलाई नो फ्लाइट लिस्टमा राखिनेछ ।

एयरलाइन्स कम्पनीले यस कामको लागि पुरा सहयोग गर्ने बताएका छन् । यस घटनाले निकै हल्लीखल्ली मच्याएको छ । स्थानिय नेताहरुले समेत यसमा चासो देखाएका छन् । राष्ट्रिय महिला आयोगले घटनाबारे चासो लिँदै कारबाही अघि बढाएको छ ।

Logo