डिभोर्स पछि यसरी बोलिन् रीमा

डिभोर्स पछि यसरी बोलिन् रीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २४ मंसिर । भनिन्छ, विवाहको सम्बन्ध ७ जन्मको हुन्छ । तर, केही बर्षयता सम्बन्ध बिच्छेदका बग्रेल्ती खवरहरु प्रकाशमा आउन थालेका छन् । हरेक जिल्लामा भएका सम्बन्ध बिच्छेदको ग्राफ हेर्ने हो भने त्यो अस्वभाविक उकालोमा छ । त्यसमा पनि कला क्षेत्रवाट बिच्छेदका धेरै समाचार आइरहन्छन् । पछिल्लो पटक डिभोर्स शीर्षकमा नायिका तथा मोडल रीमा विश्वकर्मा समाचार बनेकी छन् ।

भविष्य कसैले देखेको हुदैन । के थाहा कसले कहाँ पुगेर कतिवेला साथ छोडिदिने हो । सुरुमा नै जानकारी हुन्थ्यो भने २ बर्षअघि पक्कै पनि यी सुन्दरीले बैवाहिक जीवन सुरु गर्थिनन् होला, प्रेमी रोबर्ट बिकसँग ।

पछिल्लो समय एक चर्चित जोडीको बैवाहिक सम्बन्ध टुटेको समाचार नसेलाउदै नायिका तथा मोडल रीमा विश्वकर्माको बैवाहिक सम्बन्धमा फाटो आएको समाचार सुनियो । सन् २०१५ सेप्टेम्बर २७ मा आफ्नो प्रेमी रोबर्ट बिकसँग नायिका रीमा विश्वकर्माले वैवाहिक यात्रा सुरु गरेकी थिइन् । सुरुको १ बर्ष उनीहरुको बैवाहिक जीवन सुमधुर रहेपनि त्यसपछि क्रमश : बिग्रदै गएको रीमाका निकटस्तहरु वताउँछन् । दुर्भाग्य, उनीहरुले यो दुई वर्षे संयुक्त यात्रामा पूर्णविराम लगाउने टुंगो गरे ।

२ साता अघि रीमा र रोबर्ट दुवैले औपचारिक रुपमा अलग हुने निर्णय गरेका हुन् । तर रीमा भने केही महिना अघि देखिनै डिभोर्सको तयारीमा रहेको उनलाई नजिकवाट जान्ने एक कलाकार वताउँछिन् । उनका श्रीमान रोवर्ट विकले मोरंग स्थायी घर भएकी बर्षा रसाईलीसँग लगन गाँठो कँसेपछि रीमासँगको वैवाहिक सम्बन्धमा फाटो आएको खबर बाहिर आएको थियो । शुक्रबार इन्गेजमेन्ट गरेर शनिबार बिहानै रोबर्ट सातसमुद्रपारी उडेको कुरा सुन्नमा आएको छ ।

पहिलो नेपाल आइडलमा एमसी गर्न मञ्चमा उत्रिन थालेपछि रीमा एकाएक चर्चित बनेकी थिइन् । चर्चासँगै उनी लोकप्रिय पनि हुँदै गइन् । उनी धेरै दर्शककी चासोकी पात्र पनि बन्न सफल छिन् । यही वीचमा उनको जीवनसँग जोडिएको समाचार आएको छ । पक्कै पनि उनका शुभ चिन्तकहरुलाई यो समाचारले दुखाएको छ । आफ्नो बैवाहिक सम्बन्धलाई पूर्णविराम लगाएको समाचारलाई नायिका रीमाले आफ्नो फसेबुकको वालवाट यसरी पुष्टि गरेकी छन् ।

वालमा यस्तो लेखेकी छन् –
म सम्बन्धि आएका समाचारहरु मैले हेरिरहेकी छु । म अनि मेरो परिवारको लागि यो त्यति सजिलो समय होइन । तर पनि मेरा मिडियाका साथीहरु, सुभेक्षुकहरु अनि मेरा आफन्तहरु जसले मलाई सधैं नै माया अनि सम्मान दिनुभएको छ । यहाँहरुले म प्रती देखाउनु भएको सद्भाव प्रती हार्दिक आभार प्रकट गर्न चाहान्छु । यो असहज परिस्थितिमा म यहाँहरु समक्ष केही पनि कुराहरु राख्न वा केही पनि प्रश्नको उत्तर दिन असमर्थ छु । यती बेलाको मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनुहुनेछ र म अनि मेरो परिवारको लागि केही समय दिनुहुनेछ भन्ने मलाई पुर्ण बिस्वास छ । जिन्दगी सधै सोचे जस्तो त पक्कै हुदैन र समय सधै एकनास पनि हुदैन । यो गाहे क्षण पनि पक्कै बितेर जानेछ । मेरो कोही प्रती पनि केही गुनासो छैन । यो असहज घडीमा पनि मेरो साथमा रहनुभएकोमा म अनि मेरो परिवार यहाँहरु प्रती कृतज्ञता व्यक्त गर्छौं ।

रीमाको डिभेर्सको समाचार सुनेर कला क्षेत्र मर्माहत हुनु अस्वभाविक होइन । तर, बुढी मरी भन्दा पनि काल पल्केको कुरा बढी असहज मानिन्छ । एउटा कलाकारको सम्बन्ध बिच्छेदले अरुहरुलाई पनि प्रेरित गर्न सक्छ । त्यसमा पनि कलाकारहरु त आम मानिसका आइडल नै हुन् । यसले समाजमा लैजाने गलत संदेश कस्तो हुन्छ ? कसैले मापन गरेको छैन ।

आफ्नो डिभोर्सका सम्बन्धमा रीमाले गहिरो कुरा केही सार्वजनिक गरेकी छैनन् । जति बोलेकीछिन् त्यसले उनी अत्यन्तै दुखी रहेको बुझिन्छ । उनले किन डिभोर्स गरिन् त ? आउँदा दिनमा उनको अनुभव सुनाउने कोशिस गर्ने छौं ।

भिडियो हेर्नुहोला

Logo