मिस ईण्डियाका श्रीमान् परेश रावलको सम्पत्ति कति

मिस ईण्डियाका श्रीमान् परेश रावलको सम्पत्ति कति

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, २२ मंसिर । बलिउडका कमेडी कलाकार परेश रावल आफ्ना राजनीतिक भनाईका कारण बेलाबेलामा चर्चामा आउने गरेका छन् । सन् २०१४ मा भारतीय जनता पार्टीवाट सांसद समेत भएका रावल अहिले गुजरात चुनावमा खटिएका छन् ।

गुजरातमा हुन लागेको चुनावको भाषणमा रावलले कांग्रेसका राहुल गान्धीलाई चुनौती दिदैं भने– यदी तिमिसंग शरीरमा तागत छ भने नरेन्द्र मोदीले जस्तो नवरात्रमा ब्रत बसेर देखाउ । अहमदाबाद ईष्टको तर्फवाट सांसद रहेका रावलले कुनै समयमा मिस ईण्डिया रहेकी युवतीसंग विवाह गरेका थिए ।

सन् १९७९ मा फेमिना मिस ईण्डिया रहेकी स्वरुप सम्पतसंग विवाह गरेका रावलका दुई छोराहरु रहेका छन् । रावलले सांसद भएपछि बुझाएको सम्पत्ति विवरणमा आफु ८० करोड भारुको मालिक रहेको बताएका थिए । रावलका अनुसार उनको बार्षिक आम्दानी ८ करोड २२ लाख भारु हुने गरेको छ । उनले बैंकमा मात्र १८ करोड भारु जम्मा गरेका छन् र २० करोड भारुमा आफ्नो जीवन विमा गरेको बताएका छन् ।

यसैगरी रावलले आफु बस्ने गरेको घरको मुल्य १३ करोड ३० लाख भारु, श्रीमती र छोराछोरीहरु बस्ने घरको मुल्य ७ करोड १० लाख भारुको र १ करोड २५ लाख भारु वराबरको गरगहना रहेको बताएका थिए । उनीसंग दुईवटा मात्र सवारी साधन रहेको बताएका थिए । जसमा ९ लाख ७५ हजार भारु पर्ने इनोवा र ६ लाख ३४ हजार पर्ने ग्राण्ड ऐष्टा रहेको जनाएका थिए ।

Logo