अम्बानीको पार्टीमा किन यति सस्तो लुगा लगाएर पुगिन् आलिया ?

अम्बानीको पार्टीमा किन यति सस्तो लुगा लगाएर पुगिन् आलिया ?

केन्द्रबिन्दु
0
Shares

मुम्बई, २० मंसिर ।

हालै लन्डन सहरका मेयर भारत आएका थिए । उनको सम्मानमा मुकेश अम्बानीले भव्य पार्टीको आयोजना गरे । त्यसमा बलिउड सेलिब्रेटीको बाक्लो उपस्थिति रह्यो ।

बलिउड सेलिब्रेटीको पंक्तिमा आलिया भट्ट पनि थिइन् । पार्टी सकियो । तर, आलियाको चर्चा सकिएको छैन । किनभने आलियाले पार्टीमा जुन पहिरन लगाएकी थिइन्, त्यो निकै सस्तो परेछ । जबकी बलिउड सेलिब्रेटी अत्याधिक महंगो पहिरन लगाउनेमा पर्छन् । केहि समयअघि रानी मुखर्जीले लगाएको एउटै ज्याकेट लाख रुपैयाँभन्दा बढी पर्ने खबर आएको थियो । तर, आलियाले यति धनाड्यको भव्य पार्टीमा पनि कमसल पहिरन लगाएर गइन् ।

तपाईलाई आश्चर्य लाग्न सक्छ कि, उक्त पार्टीमा आलियाले लगाएको पहिरनको मूल्य भारु चार हजार मात्र थियो । उनले स्कर्ट र टप्स लगाएकी थिइन् । उक्त पहिरन सस्तो थियो ।

आलियाले आफ्नो पाँच बर्षे करियरमा आधा दर्जन बढी फिल्म खेलेकी छिन् । उनी चर्चित निर्देशक महेश भट्टकी छोरी तथा अभिनेत्री पूजा भट्टकी बहिनी हुन् । करण जौहरको स्टुडेन्ट अफ द इयरबाट बलिउड डेब्यु गरेकी आलियाको राजी फिल्म प्रदर्शनको तयारीमा छ । (एजेन्सी)

Logo