शाहरुखकी छोरी हट एन्ड ग्ल्यामरस पोजमा

शाहरुखकी छोरी हट एन्ड ग्ल्यामरस पोजमा

केन्द्रबिन्दु
0
Shares

मुम्बई, २० मंसिर ।

बलिउड स्टार किड्समा शाहरुख खानकी छोरी निकै चर्चमा छिन् । कहिले साथीहरुसँग पार्टीमा त कहिले बलिउड इभेन्टमा उनको उपस्थिति देखिने गर्छ ।

यसैबीच अहिले उनको नयाँ फोटो बाहिर आएको छ । यो फोटोमा उनी एकदमै ग्ल्यामरस देखिएकी छिन् । सेटो सर्ट र हट हाफपाइन्ट लगाएकी छिन् ।

उनले यो फोटो इन्स्टाग्राममा पोस्ट गरेकी हुन् । त्यसो त उनी सोसल मिडियामा एकदमै सक्रिय छिन् । आफ्नो ग्ल्यामरस फोटो पनि उनी पोस्ट गरिरहेकी हुन्छिन् ।

सुहानाले बलिउडमा डेब्यु गर्छे कि गर्दिन ? यसको अहिलेसम्म छिनोफानो भएको छैन ।

सुहाना कलाकार बन्न चाहेको कुरा एक पटक शाहरुखले खुलाएका थिए । तर, त्यसअघि पढाइ पूरा गरोस् भन्ने आफ्नो इच्छा रहेको उनले भनाइ थियो ।
भनिहालौ, सुहाना अहिले लन्डन युनिभर्सिटीमा पढ्दैछिन् । (एजेन्सी)

Logo