विश्व सुन्दरीले किन यस्तो सोधिन् बिराट कोहलीलाई ?

विश्व सुन्दरीले किन यस्तो सोधिन् बिराट कोहलीलाई ?

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, १९ मंसिर । बिराट कोहली दुई कारणले चर्चामा छन् । एक त क्रिकेट, अर्को अनुष्का शर्मासँगको प्रेमले । हालै एक इभेन्टमा उनले आफ्नो हातबाट मानुषी छिल्लरलाई स्पेशल अचिभमेन्ट अवार्ड दिए । मानुषी यसबर्षकी विश्व सुन्दरीको शीर्ष उपाधी विजेता हुन् ।

सिएनएन न्युज १८ ‘इन्डियन अफ द इयर’ अवार्डमा बिराट र मानुषी आमने सामने भएका हुन् । त्यही बखत अवार्ड थमाउँदै बिराटले विश्व सुन्दरीलाई भने, ‘तपाईलाई यो अवार्ड दिनु मेरो लागि सम्मानको कुरा हो ।’

मानुषीले सोधिन्, ‘आज तपाई विश्वकै बेस्ट ब्याट्सम्यानमा एक हुनुहुन्छ र जिउँदो जाग्दो प्रेरणा पनि । तपाईले समाजलाई धेरै कुरा दिनुभयो । धेरै युवा तपाई जस्तै बन्न चाहन्छन् । यस्तोमा तपाई कसरी उनीहरुलाई क्रिकेटको क्षेत्रमा ल्याउन चाहनुहुन्छ ?’

बिराटले सारमा यस्तै भने, आफुले जे गरिन्छ, त्यो दिलबाटै हुनुपर्छ । यदि त्यसो भएन भने त्यो ढोंग गरिरहेको बुझिनेछ । मैले कहिले पनि अरु कोहि जस्तो बन्न चाहिन । अरु जस्तो बन्ने होइन, अरुभन्दा फरक बन्न सक्नुपर्छ ।

Logo